अत्यधिक मापसे गरेका श्रीमानले गरे श्रीमतीको हत्या,श्रीमानको अबस्था पनि चिन्ताजनक

0
235

चन्द्रपुर – रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा अत्यधिक मादक पदार्थ सेवन गरेका श्रीमानले आफनै श्रीमतीको हत्या गरेका छन । पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको हो । वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले अत्यधिक मादक पदार्थ सेवन गरी हँसियाले उनकी पत्नी अन्दाजी ३५ वर्षीया सोतीमाया वाइबाको गर्धनमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका पतिपत्नीबीच विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेका थिए। अत्यधिक मापसे गरेका तीर्थले विवाद हुँदा आफूले पत्नीलाई हँसियाले घाँटी रेटी हत्या गरेको भन्दै गाउँमा आएर हल्ला गरेका थिए। गाउँलेलाई आफूले पत्नीको हत्या गरेको बताएका तीर्थले घरको आँगनमा आएर आफ्नो गर्धनमा आफैँले हँसियाले प्रहार गर्दा उनी पनि सिकिस्त भएका छन्।पत्नीको हत्या गरेपछि पति घरमा आएर आफैँले आफ्नै घाँटी हँसियाले रेट्दा सिकिस्त भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्। घाइते तीर्थको अहिले चन्द्रनिगापुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here