रौतहट,१७ चैत
रौतहट जिल्ला अदालत गौरबाट घुस रकम सहित एकजना कर्मचारी पक्राउ परेका छन ।
आज मंगलबार दिउसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई घुस रकम सहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ५० हजार घुस रकम सहित अदातलमा कार्यरत कर्मचारी सिंहलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइ दिएबापत सिंहले सेवाग्राहीसँग घुस लिएको उक्त बिज्ञप्तीमा जनाइएको छ ।






