मधेशका मुख्यमन्त्री यादबद्धारा चन्द्रनिगाहपुर अस्पतालको अनुगमन

0
121

चन्द्रपुर,१२ चैत
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादबले स्वास्थ्य क्षेत्रको बिकाशको लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बिहीबार रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ५ मा रहेको चन्द्रनिगाहपुर अस्पतालको अनुगमन गर्नुहुदै मुख्यमन्त्री यादबले यस्तो बताउनुभएको हो ।
अस्पतालमा बिरामीको चाप अत्यधिक बढदै गरेको अबस्थामा आम नागरिकले सरकारी स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सुबिधा सहज रुपमा प्रदान गर्नको लागी प्रदेश सरकार काम गरिरहेको बताउनु भएको छ ।
चन्द्रनिगाहपुर अस्पतालमा बिरामीहरुको सहज उपचारको लागी आवश्यक उपकरण,जनशक्ती र भौतिक पुर्वाधारको बिकाशको लागी आफुले सहयोग गर्ने मुख्यमन्त्री यादबले प्रतिबद्धता जनाउनुभएको छ ।
अनुगमनको क्रममा यस अस्पतालमा एम्बुलेस,शव भवन,थप प्राबिधिक सहितको जनशक्ती आवश्यक परेको देखिएको समेत उहाँले बताउनुभएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बढदो शहरीकरण तथा बजारीकरणले गर्दा यस अस्पतालमा अत्यधिक बिरामीको चाप बढिरहेको अबस्थामा यस अस्पतालको स्तरउन्नतीको लागी सहयोग गर्न मुख्यमन्त्री यादबलाइ आग्रह गर्नुभएको छ ।
नगर प्रमुख काफ्लेले केही बर्ष भित्र नै निमार्ण कार्य सकिने गरी सुबिधा सम्पन्न भवन निमार्ण कार्य भइरहेको जानकारी दिनुभयो ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख काफ्लेले यस अस्पतालमा ट्रमा सेन्टर चाडो भन्दा चाडो संचालन गर्नुपर्ने अबस्था आएको समेत मुख्यमन्त्री यादबलाइ जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सोही अस्पतालका मेसु डा. अभिनन्दन श्रीवास्तबले प्राबिधिक जनशक्ति,उपकरण र भौतिक पुर्वाधारको अभाबका बिरामीहरुको उपचारमा कठिनाइ भएको बताउनु भएको छ । १५ शैयाको उक्त चन्द्रनिगाहपुर अस्पतालमा बार्षिक ५० हजार बिरामी आउने गरेको समेत मेसु डा. श्रीवास्तबले जानकारी दिनुभयो ।
उक्त अनुगमन कार्यक्रममा मधेश प्रदेश सरकारका स्वाथ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल , वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी सहितको मधेस प्रदेश सरकारका प्रतिनिधीहरु आउनुभएको थियो ।
कार्यक्रममा चन्द्रनिगाहपुर सरकारी अस्पतालको स्तरोन्नती एवम् ट्रमा सेन्टर स्थापनाको लागि लायन्स क्लव सहकार्य गर्न तयार रहेको लायन्स क्लबका चिफ डिष्ट्रिक एडभाइजर दिपक रेग्मीले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here