लुम्बिनी विकास बैँकद्धारा बिद्यालयलाइ सेनिटरी प्याड भेन्डिङ तथा डिस्पोज मेसिन सहयोग प्रदान

0
147

गरुडा,१२ चैत
रौतहटको गरुडामा रहेको लुम्बिनी विकास बैँक लिमिटेड बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्ला गरुडा नगरपालिकामा अवस्थित श्री नमुना माध्यमिक विद्यालय मा अध्ययनरत करिव २००० छात्र छात्रा मध्ये करिब १२०० छात्राहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बैंकले एक कार्यक्रम गरेर उक्त सामग्री हस्तान्तरण गरेको छ । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले बिद्यालय प्रधानाध्यापक प्रभु राउत पटेल लाई हस्तान्तरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी गरुडा नगरपालिका को नगर प्रमुख कन्थमणी जयससवालको रहनु भएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथी गरुडा नगरपालिका को शिक्षा शाखा प्रमुख सरोज गौतम, विद्यालय का निवर्तमान अध्यक्ष सन्तोष साह बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , बिद्यालयका सहायक प्रधानध्यापक द्वय रामएकवाल पंडित र प्रकाशचन्द्र झा बिद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरु, लुम्बिनी विकास बैंक गरुडा शाखाको कर्मचारी लगायत उक्त बिद्यालय मा अध्यनरत छात्र छात्रा को सहभागिता रहेको कुरा बैंकको सहायक शाखा प्रमुख दिपेन्द्र प्रसाद कुस्वाहले बताउनु भयो ।

उक्त कार्यक्रममा गरुडा नगरपालिका को नगर प्रमुख कन्थमणी जयससवालले समाजमा रहेका विभिन्न संघ संस्थाले पनि यसै गरि सहकार्य गरेमा नगरको मुहार फेरिने कुरामा जोड दिनु भयो । बिद्यालय ब्यवस्थापन समिति को निवर्तमान अध्यक्ष सन्तोष साहले बिद्यालय को आग्रहलाई सहर्ष स्वीकार गरि गरिएको सहयोग प्रती आभर प्रकट गर्नु भयो । गरुडा नगरपालिकाको शिक्षा शाखा प्रमुख सरोज गौतमले बिद्यालयमा अध्यनरत छात्र छात्रा हरुलाइ आफ्नो केही समय समाजलाई समर्पित गर्न जोड दिनुभयो ।त्यस्तै बिद्यालयको प्रध्यानाध्यापकले छात्रा हरुको स्वास्थ्य लाई ख्याल मा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सर्हानिय कार्य गरेको छ जस्ले गर्दा महिनावारी को समयमा छात्रा हरुको अनुपस्थित हुने समस्या केही हद सम्म कम हुने कुरामा जोड दिदै लुम्बिनी विकास बैङ्कलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै बैंकका शाखा प्रमुख सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभै सामाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र आगामी दिनमा पनि यस्ता किसिमका सामजिक कार्य गर्दै जाने कुरा बताउदै हाल डिजिटल प्रविधी बाट हुन सक्ने ठगी बाट बच्न आफ्ना अभिभावक हरुलाइ सचेत गराउन आग्रह गर्नु भयो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here