माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ बिद्यार्थी अनुपस्थीती

0
163

रौतहट,१६ चैत्र
हिजो बिहिबार देखी शुरु भएको माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ जना बिद्यार्थी अनुपस्थीती भएका छन । शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले दिएको जानकारी अनुसार रौतहटबाट परिक्षा दिने ११६ छात्रा र १४५ छात्र गरि जम्मा २६१ परीक्षार्थी अनुपस्थित रहेका छन । परीक्षाका लागि ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी फारम भरेकोमा बिहिबार भएको अंग्रेजी विषयमा ४३९२ छात्रा र ४८१६ छात्र गरि जम्मा ९२०८ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख राम बिनय सिंहले जानकारी दिएका छन ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा—१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा जिल्लाको ३९वटै परीक्षा केन्द्रहरूमा शान्तिपुर्वक सम्पन्न भएको प्रमुख सिंहले बताएका छन । आज शुक्रबार नेपाली बिषयको परिक्षा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here