चन्द्रपुर २५असार
लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगरक्षेत्रमा पशु मर्न थालेका छन । चन्द्रपुर नगरक्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको पशु कारण मर्न थालेपछि किसान त्रसित भएका छन । उक्त रोगकै कारण गत असार १९ गते चन्द्रपुर ८ मर्धरटोलका कृष्ण गौतमको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले जानकारी दिनुभएको छ ।
लम्की स्किन रोगको उपचार गर्दा गदै गौतमको गाई मरेको डा.चौधरीले बताउनु भयो । हाल सम्म चन्द्रपुर नगरक्षेत्रका ४३ वटा गाई र एउटा भैसीमा उक्त रोगको संक्रमण देखा परेको डा. चौधरीले जानकारी दिनुभयो । अहिले सम्म चन्द्रपुर १ मा १० वटा,वाड नं. २ मा २५ वटा,वाड नं. ४ मा २ वटा,वाड नं. ८ मा ४ वटा र वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको डा. चौधरीले जानकारी दिनुभएको छ ।
वाड नं. ३ मा भने वाडा कार्यालयको आफनै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैसीलाइ लम्की स्किन रोग बिरुद्धको भ्याक्सीन लगाइएको समेत उहाले जानकारी दिनुभएको छ । त्यसैगरी वाड नं. ९ ले पनि आफनै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाइ सो रोग बिरुद्धको भ्याक्सीन लगाएको उहाले जानकारी दिनुभयो ।
पशुलाइ उच्च ज्वरो आउने,डाबरका फोकाहरु देखापर्ने जस्ता यस रोगको लक्षण रहेको उहाको भनाइ रहेको छ । गत बर्ष मात्रै लम्की स्किन रोगको कारण चन्द्रपुर नगर क्षेत्रमा एक सय ६० वटा गाईभैसी मरेका थिए । खासगरी उन्नत जातको गाईमा यस प्रकारको रोग देखा परेको समेत उहाले बताउनु भएको छ ।
सबै वाडहरुमा सो रोग बिरुद्धको खोप लगाउनको लागी आफुले नगर प्रमुख संजय कुमार काफ्लेलाइ आग्रह गरेको समेत उहाले बताउनु भयो । अहिले नगरभरीको पशुहरुलाइ उक्त रोग बिरुद्ध १० हजार थान खोप आवश्यकता रहेको समेत डा. चौधरीले बताउनु भएको छ ।
अहिले किसानहरुले आफनै पैसाले पशुको उपचार गराइराखेको र एउटा सो रोग बिरुद्ध उपचार गर्नको लागी १०देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिनुभएको छ ।
यो रोग सरुवा रोग भएको हुदा रोग लागेको पशुलाइ छुटै राख्ने,गोठ सफा राख्ने,लामखुटेबाट जोगान डा. चौधरीले किसानहरुलाइ आग्रह गर्नुभएको छ ।






