वनटोलमा २८६२ ता ल्हो सोनम ल्होसार मनाउने तयारी

0
214

चन्द्रपुर,२८ पुस
तामाङग समुदायले मनाउने २८६२ ता ल्हो सोनम ल्होसार पर्व मनाउनको लागी रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. २ वनटोलमा तयारी गरिएको छ । आउदो माघ ५ गते पर्ने २८६२ ता ल्हो सोनम ल्होसार पर्व मनाउनको लागी तयारी भइरहेको हो ।
ल्होसार मनाउनको लागी सरसफाइ लगायत बिभिन्न तयारीका कामहरु भइरहेको आयोजक वनटोल तामाङग समाजका अध्यक्ष बाबुराम घिसिङले जानकारी दिनुभएको छ ।
धर्मगुरुहरु बोलाएर २८६२ ता ल्हो सोनम ल्होछारको बिधि अनुसार पर्व मनाउने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरुले समेत मनोरंजनका कार्यक्रमहरु समेत राखिएको अध्यक्ष घिसिङले बताउनु भएको छ ।
स्थानिय स्तरका सहयोगी मनहरुका सहयोगमा उक्त कार्यक्रमको आयोजना घिसिङले जानकारी दिनुभयो । कार्यक्रमलाइ भब्य र सब्य रुपमा मनाउनको लागी सहभागी भैदिन समेत उहाँले सबैलाइ आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here