चन्द्रपुर,२९ माघ
रौतहटमा भारतिय नम्बरको सवारी साधनमा काठ तस्करी गरिरहेको अबस्थामा वन गस्तीटोलीले सवारी साधन र सालको काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय रौतहट मातहतको सव डिभिजन वन कार्यालय जंगलसहियाको वनगस्ती टोली र शसस्त्र प्रहरीटोलीले भारतिय नम्बरको टाटासुमो सहित सालको काठ बरामद गरेको हो ।
बुधबार राती सव डिभिजन वन कार्यालय जंगलसहियाका वन अधिकृत बिनोद जेठहराको नेतृत्वमा गएको टोलीले चोचा वन क्षेत्रबाट टाटा सुमो,मोटरसाइकल र २ थान सालको काठको गोलाइ बरामद गरेको थियो ।
जंगलबाट काठ तस्करले प्रयोग गरेको बिआर १ एपि ९६१२ नँम्बरको टाटासुमो र बा ६७ प १०५१ नम्बरको मोटरसाइकल बरामद गरेका वन अधिकृत जेठहराले जानकारी दिएका छन । काठ तस्कर भने फरार रहेको जेठहराले बताए । हिजोआज रौतहटमा निर्वाचनको मौका छोपेर काठ तस्करहरु सक्रिय भएका छन ।






