जुडिबेलाका मतदाताहरु संग मत माग्दै एमाले उमेदवार साह

0
196

चन्द्रपुर,१ फागुण
नेकपा एमाले रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामजी साह ,बिहीबार र शुक्रवार चन्द्रपुर नगरपालिका वडा नं. २ जुडिबेलाका मतदाताहरु संग भेटघाट गर्नुभएको छ । उमेदवार साहले जुडिबेलाका मतदाताको घरदैलोमा पुगेर मत माग्नुभएको हो । विहानै देखि बनटोल,स्कुलचोक,असनवा,पुल्चोक,कलटोल,कार्कीटोल लगायत अन्य गाउमा पुगेर मतदातासंग यस पटकको मत आफुलाई दिन अनुरोध गर्नुभएको छ । देश परिवर्तनको एजेण्डाका साथ अगाडि बढेको नेकपा एमालेलाई स्पष्ट बहुमत प्रदान गर्नका लागि मतदातासंग आग्रह गर्नुभयो । उहाले यस क्षेत्रमा देखिएको बेरोजगारी समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका व्यक्तिहरुसंगको अन्तरक्रियापछि आएको सुझाव अनुसार कलकारखाना स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।
कृषि,पर्यटन,खानेपानी,शिक्षाको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाले अव नेकपा एमालेले गरेको असल कार्यकै कारण एमालेप्रति जनताको विश्वास कायम रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य उद्धव रेग्मी लगायतका नेताहरुको सहभागिता रहेको थियो । घरदैलोमा स्थानीयले शिक्षा,स्वास्थ्य,रोजगारीका लागि पहल गर्न आग्रह समेत गरेका थिए । बदलिएको समयसंगै पार्टीलाई बदल्न सक्ने एमालेमात्र भएकोले पनि जनताको मत दिएर त्यसको पुष्टि गर्ने स्थानीयको भनाई रहेको छ । साहले बिहीबार फुलबारी,कलटोल लगायतका गाउका मतदाताहरु संग भेटेर मत माग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here