चन्द्रपुर,१ फागुण
रौतहटको चन्द्रपुर ५ चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीले आफ्नो २२औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको २२ औै स्थापना दिवस तथा खेलकुद सप्ताह २०८२ को समापन कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष निलहरी कोइरालाले मधेश प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा परिचित गराउन सफल मुनलाइट एकेडेमीले हरेक अभिभावकको मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले यस क्षेत्रमा शैक्षिक सुधारका लागि २२ बर्ष अघि स्थापना भएको विद्यालयले गरेको कडा प्रयास,अभिभावकको विश्वास र विद्यार्थीहरुको मेहनतले आज यो स्थानसम्म पुगेको बताउनुहुदै अझ समय सापेक्ष शिक्षामा सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस विद्यालयले शैक्षिक क्रान्ति गरेकै कारण आज हरेक अभिभावकको पहिलो रोजाई मुनलाइट हुन सफल भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय संचालक समिति सदस्य तथा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेलले शैक्षिक गुणस्तरलाई पहिलो स्थानमा राखेर अघि बढेको विद्यालयले खेलकुदलाई स्वास्थ्य र अनुशासनको लागि पर्याय बनाएसंगै यसको अझ महत्व बढेको बताउनुभयो । कार्यक्रममा विद्यालयको स्थापना दिवसको अवसरमा केक काटेर हर्षोल्लासका साथ मनाइएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य श्यामकिशोर चौधरी, हरि कोइराला, अभिभावक, संचारकर्मी,शिक्षक लगायतको उपस्थिति रहेको थियो । खेल सप्ताहको समापन कार्यक्रम समेत भएकोले खेल सप्ताहभरी भएको विविध प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथी,विशिष्ट अतिथी,अतिथीहरुले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय संचालक समितिका सदस्य नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका एजुकेशन डाइरेक्टर दिपक घिमिरेले संचालन गर्नुभएको थियो ।






