जनताको हितको लागी निति बनाउने पार्टी एमाले हो — प्रदेश सभा उमेदवार चौधरी

0
579

चन्द्रपुर – नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले देशमा जनताको हितको लागी निति नियम बनाउने पार्टी एमाले भएको बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मोतिपुरका मतदाताहरु संग भेटघाट गदै उमेदवार चौधरीेले यस्तो बताएका हुन । देशमा २०५१ सालको एमाले सरकारले नै तत्कालीन गाबिसहरुमा बिकाश निमार्णको लागी ठुलो बजेट बिनिययोन गरेको चौधरीको भनाइ छ । सोही सरकारले बृद्धहरुको सम्मान स्वरुप बृद्ध भत्ता बितरणको निति समेत बनाएको प्रमाण आज सम्म रहको चौधरीले बताए । जनता प्रति उत्तरीदायी भएको देशमा एक मात्र नेकपा एमाले पार्टी रहेको चौधरीले बताए । जनताको पार्टी एमाले नै भएको हुदा आउदो मंसिर ४ गतेको निर्वाचनमा एमालेलाइ जिताउन उनले आग्रह गरेका छन । उनले क्षेत्रनं ४ का एमालेका उम्मेदवारलाई आफनो अमुल्य मत दिएर जिताउन मतदाताहरुलाइ आग्रह गरेका छन । चौधरीले शुखि नेपाली र सम्बृद्ध नेपाल निर्माणका लागि सुर्य चिन्ह्मा मतदान गर्न आग्रह गर्दै अहिले मतदाताहरु संग भेटघाटमा छन । उमेदवारहरुलाइ आफना मतदाताहरु संग भेटघाट अभियानलाइ तिब्रता पारेको नेकपा एमालेका नेता बैजनाथ सहनीले बताए । रौतहट ४ को संघिय संसदमा उद्धव रेग्मी र क प्रदेशसभा सदस्यमा अखिलेश्वर चौधरी र ख प्रदेशसभा सदस्यमा जसपाका अबुलकलाम आजाद उर्फ फुलबाबु उम्मेदवार रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here