Thursday, May 23, 2024

९० जना तेश्रो लिंगीलाइ राहत बितरण

ताजा / भरखरै प्राप्त

चन्द्रपुर- रौतहटको चन्द्रनिगाहपुरमा एक संस्थाले ९० जना तेश्रो लिंगीहरुलाइ राहत बितरण गरेको छ । बुधबार सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोग र सप्तरंगी नेपाल को आयोजनामा सो राहत बितरण गरिएको हो ।
रौतहट जिल्लामा बसोबास गर्ने आर्थिक अबस्था कम्जोर भएका यौनिक तथा लैगिक अल्पसंख्यक समुदयका तेस्रोलिंगीहरु राहत बितरण गरेको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरका कार्यक्रम संयोजक जिना रानाले जानकारी दिनुभयो । उनीहरुलाइ पकेटमा चामल ,दाल ,आलु ,तेल ,प्याज ,गेडागुडी ,साबुन ,नुन र अन्डा राहत स्वरुप बितरण गरेको कार्यक्रम संयोजक रानाले बताउनु भयो ।
आर्थिक रुप बिपन्न तेश्रो लिंगीहरुको आर्थिक अबस्था दयनिय बन्दै गएको अबस्थामा सप्तरंगी नेपालले केही हद सम्म सहयोग होस भन्ने उदेश्यले राहत बितरण गरेको उहाले जानकारी दिनु भयो । उक्त संस्थाले तेश्रो लिंगीहरुको हक हित र अधिकारको लागी काम गदै आएको रानाको भनाइ रहेको छ । बिगतका दिनहरुमा पनि उनीहरुलाइ यस्ता किसिमका बिभिन्न सहयोग हुने कामहरु गदै आएको रानाले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles