रौतहट- नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले गर्दा एमालेमै फर्किनेको लर्को लागेको हो । नेकपा एस पार्टीका सम्मानीत नेता पूर्व प्रधानमंत्री झलनाथ खनालले सचिवालय बैठकमा प्रस्तुत गरेको फरक मतले त्यही कुरा पुष्टि गरेको छ । नेकपा एस अवसरवादको पार्टी गोटी बनेको भन्दै यस अघि नेकपा एसमा रहेको धेरै नेताहरु पुरानो घर नेकपा एमालेमा फर्किएका छन ।
अहिले सम्म फकर्नेहरु
पदाधिकारी–३, केन्द्रीय सदस्य–३० र जिल्ला अध्यक्ष–१४जना
को को फर्किए माधव नेपालको एस पार्टीवाट नेकपा ९एमालेमा०
तीन जना वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी।
तीसजना केन्द्रीय सदस्यहरु
तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्क वहादुर शाही, धनवहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोज कुमार यादव, सारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलविर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार,कुर्मराज शाही, रिता रावल।
१४ जना जिल्ला अध्यक्षहरुः
श्रीधर पोख्रेल–मकवानपुर, सुरमणी वेलवासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहु, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– वारा, नन्दसिं वुढा– डोल्पा, हिरण्य भटृराई– अछाम, आदीप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्याका विशेष पेशागत जिल्ला कमिटी।