लामाको रिहाइको माग गदै युवा संघले गरे राजमार्गमा चक्काजाम

0
108

चन्द्रपुर – डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरका कर्मचारीले बदनियत पुर्वक चन्द्रपुर नगरपालिका वाड नं. २ का बिक्रम लामाको रिहाइको माग राख्दै राष्ट्रिय युवा संघ रौतहटले चक्का जाम गरेको छ ।
शुक्रबार युवा संघका कार्यकर्ताले रौतहटको चन्द्रनिगाहपुर स्थीत पुर्व पश्चिम महेन्द्र राजमार्ग १ घण्टा अबरुद्ध गरेका थिए ।
युवा संघका केन्द्रिय सदस्य समेत रहेका लामालाइ वन कर्मचारीले गत बुधबार डिभिजन वन कार्यालयमा गएको मौका छोपी पक्राउ गरेको थियो ।
लामालाइ हिजो बिहीबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख शैलेन्द्र मिश्रले वाड अध्यक्षको रोहबरमा छाडने बताएतापनि उल्टै मुद्दा दर्ता गरी १० दिनको म्याद थपेपछि युवा संघले थप आन्दोलन गरेको थियो ।
युवा संघका रौतहट अध्यक्ष मुन्ना यादबको नेतृत्वमा चन्द्रनिगाहपुर पार्टी कार्यालयबाट निस्कीएको मोटरसाइकल र्यालीले डिभिजन वन कार्यालय नजिक पुगेर टायर बालेर राजमार्ग अबरुद्ध गरेको थियो ।
पौराई— जुडिबेला सव डिभिजनका प्रमुख सुरेश कुमार महतो र डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रलाइ कार्वाहीको माग राख्दै युवा संघका कार्याकर्ताले राजमार्ग अबरुद्ध गरेका थिए । हाम्रो मागको सम्बोधन नभए लामालाइ फसाउने कर्मचारीलाइ कालोमोसो दल्ने समेत युवा संघका रौतहट अध्यक्ष मुन्ना यादबले चेतावनी दिएका छन । रिसिबीको कारण नागरिक फसाउन पादैन भन्दै उनले चाडो भन्दा चाडो लामालाइ रिहाइको माग गरेका छन ।
चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको महादेब सामुदायिक उपभोक्ता समुहको काठ लिलामको लागि सूचना निकाले पछि टेन्डर फारम खरीद गर्न जादा लामालाई वन कर्मचारीले पक्राउ गरी हिरासतमा राखेको थियो । चन्द्रपुर नगरपालिकाका वडा नम्बर २ स्थित महादेवस्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामी र वन अधिकृत सुरेश महत्तोको मिलेमतोमा काठको टेण्डर निकालिएको स्थानियको आरोप छ । काठको टेण्डर प्रक्रियाका बारेमा गुपचुप राखिएको अवस्थामा लामाले आवाज उठाउँदै आएको र फाराम भर्नका लागि कार्यालयमा पुगेको वेलामा पक्राउ गरिएको नेकपा एमाले जिल्ला सदस्य टेकनाथ खरेलले बताए । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश उपसचिब आरती भण्डारी,नेकपा एमाले रौतहट जिल्ला कमिटिका उपाध्यक्ष रुपेश पटेल,सचिब बाबुराम दाहाल,उपसचिब मुना लामिछाने,अबधेश यादब,युवा संघका केन्द्रिय सदस्य सन्तोष साह लगायतका जिल्ला कमिटिका सदस्यहरु चन्द्रपुर नगर कमिटिका पदाधिकारीहरु तथा सदस्यहरु,युवा संघका प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु तथा नेताहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here