चन्द्रपुरका मेयर काफले आफै भिडे राजमार्गमा ह्युमपाईप राख्न

0
887

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले आफै चन्द्रनिगाहपुरको मुख्यचोकमा ह्युमपाईप राख्न भिडेका छन । २०२६ सालमा बनेको पुर्व पश्चिम राजमार्गको गैडाटार जाने बाटोबाट आँउने पानी सडक मुनीको ह्युमपाईपमा जाम भएका कारण हरेक बर्षायाममा पानी सडक बाटै बग्ने गरेपछि सो पानी राजमार्गको अन्डरग्राण्ड गर्न मेयर काफले आफै काममा भिडेका हुन । मेयर काफ्ले र चन्द्रपुर ४ का वडा अध्यक्ष रबी राना मगरको सक्रियता सडक मुनीको ह्युमपाई निकालेर नयाँ हाल्ने काम भईरहेको छ । कामलाइ छिटो र छरितो गराउनको लागी आफै लागी परेको मेयर काफलेले बताए ।
हरेक बर्षायाममा सो स्थानको ह्युमपाईपबाट पानी नबगेर आआर गेष्ट हाउस अगाडीको राजमार्गनै जलमग्न हुने गरेको थियो ।
बर्षौ पुराना ह्युमपाईप निकालेर नयाँ ह्युमपाईप हाल्न लागेको मेयर काफ्लेले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोकनै बर्षाको बेला नालाको पानी नबगेर जलमग्न हुन थालेपछि नयाँ ह्युमपाईप राखेर काम अगाडी बढाउन थालेको मेयर काफ्लेले बताएका छन । उक्त ह्युमपाइप राखेपछि बर्षाको पानी सडकमा नजम्ने उनले बताए । यसैगरी दशै अगाडी देखी सोही मुख्य चोकमा भत्कीएको राजमार्ग पनि तुरुन्त काम गरेर जस्ताको त्यस्तै बनाउने समेत मेयर काफलेले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here