चन्द्रपुर – अत्यधिक रुपमा चिसो बढेपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिनको लागी बिद्यालय बन्द गरेको छ । सोमबार बिद्यालयहरुलाइ पत्रचार गदै आउदो पुस २२ गते सम्म बिद्यालय बन्द गर्न भनेको हो । सोमबार देखी केही दिन चिसो बढने मौसम पुर्वअनुमान अनुसार फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न नगरपालिकाले पत्रचार गरेको । सोमबार बिहानै देखी रौतहटको सम्पुर्ण भुभागमा हुस्सु सहित ब्यापक चिसो बढेको छ ।