चन्द्रपुर नगरपालिकाको १२ औ हिउदे नगर सभा सम्पन्न

0
352

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको शनिबार १२ औ हिउदे नगर सभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिनु भएको छ । निर्माण सम्पन्न भएपछि भुक्तानी हुदे गरी उहाले जप्रतिनिधिहरु बजेटको आकार बनाउन आग्रह गर्नु भयो । सुरक्षित आबासका काम सम्पन्न नभई भुक्तानी नगर्न प्रतिनिधि सभा सदस्य तिमल्सिनाले अग्रह गर्नु भयो । नागरिकको सेबकको रुपमा काम गर्न उहाले आग्रह गर्नु भयो । देशभरमै उत्कृष्ट नगरपालिका बनाउने गरी सभाले नीति बनाउनेमा बिश्वस्त रहेको बताउनु भयो । चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताउनु भयो । सभाले १ अर्ब ४९ करोड ४७ लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश भएको छ । सभाले योजना कार्यक्रम बजेट अनि कानुन पारित गरेको छ । सभाका अध्यक्ष नगरप्रमुख संजय काफलेले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गईरहेको बताउनु भयो । सभाले प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना लाई मायोको चिनो उपहार दिएको थियो ।
कार्यक्रममा वाड अध्यक्षहरु तथा सदस्यहरुले आ आफना धारणा समेत राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here