रौतहट ४ फागुन। मधेश प्रदेश राष्ट्रीय योजना आयोगका बरिष्ठ सदस्य रामकुमार फुयाँलले सुशासनले मात्र समृद्धि सम्भव हुने बताएका छन। सुशासन नै नेपाल सरकारको पहिलो प्राथमिकतामा राखेर १६ औं आब्दिक योजनामा अगाडी बढिरहेको उनले बताए। रौतहटको देवाही गोनाही नगरपालिका स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी फुयाँलले उक्त विचार राखेका हुन्। उनले सामाजिक न्याय सुशासन सबै क्षेत्रमा लागू भएमा समृद्धि सम्भव हुने बताएका छन। सुशासन भनेपछि सबै क्षेत्रमा लागू हुन्छ, नेता अर्थात नेतृत्वले आफै पहिले सुशासित हुनुपर्छ। उनले भने सुशासन सामाजिक , राजनीतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सञ्चार सबै क्षेत्रमा सुशासन आवश्यक छ। आफैमा आफू सुशासित भएमा देश र जनता सबै सुशासित हुन्छ, न्यायपूर्ण हरेक काम पारदर्शिता हुन्छ सदस्य फुयाँलले त्यस पछि समृद्धि टाढा छैन। कार्यक्रममा रौतहटका सिडियो हिरालाल रेग्मीले स्थानियतहमा अधिकार भन्दा समन्वय बढी महत्वपूर्ण रहेको बताए। जिल्लामा आएको दुईमहिना अनुभव सुनाउँदै उनले यहाँ जनप्रतिनिधि आफैबिच बाझाबाझ मात्र अधिकारको कुरा गर्ने भएकाले जनता मार्कामा परिरहेका छन्। मेयर, उपमेयर , वडा अध्यक्ष बिच देखादेख हुँदैन, बोलचाल हुँदैन त्यस कारण महिनौ सम्म पालिका बन्द हुन्छ र सेवाग्राहीले सेवा पाउँदैनन्। यसरी हुने बेथितिलाई जिल्ला समन्वय समितिले समन्वय गरेर मिलाउने हो तर ईनको भूमिका सुन्य रहेको सिडियो रेग्मीले गुनासो गरेका थिए। जनप्रतिनिधि अधिकार भन्दा दायित्व बोध गरेमा जनताको काम छिटो छरितो हुने र भ्रष्टाचार समेत न्यून हुने उनले विचार राखेका थिए। देवाही गोनाहिका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले सरकारी नीतिको कारण स्थानिय तहमा समस्या हुनेगरेको बताए। संघीय मामिला मन्त्रालय बाट पटकपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा, जनप्रतिनिधि बीच बिवाद , कर्मचारी संघ विवाद, मधेश प्रदेश लोकसेवा आयोगले स्थानिय तहमा कर्मचारी पुर्ति नगर्नू, प्रदेशले पठाउने सिलिङ अनुसार समयमा बजेट नपठाउने गरेको कारण बिभिन्न समस्या हुनेगरेको अधिकृत यादवले जानकारी दिएका थिए। तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाण्डौको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव गोविन्द चौलागाइको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त,कार्यक्रममा राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयाँल अख्तियार दुरूपयोग अनुसंधान हेटौडाका डा. हेम वहादुर केसी, महालेखा परिक्षक मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारी, गौर नगरपालिका को मेयर शम्भु साह, देवाही गोनाहिका मेयर प्रेमलाल साह , चन्द्रपुर का मेयर सञ्जय काफ्ले, माधव नारायणका मेयर बैजनाथ यादव, डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा,उपमेयर परानिया पटेल,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समितीका अध्यक्ष राम अयोध्या यादव, नेपाल प्रहरी उपरिक्षक, महेन्द्र कुमार श्रेष्ठ सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मी, नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द झा, लगायतले भ्रष्टाचार न्यूनीकरण बारे विचार राखेका थिए। बिगतमा यस्ता कार्यक्रम सदरमुकाम , राजमार्ग आसपास केन्द्रित हुनेभएको तर पहिलो पटक ग्रामीण क्षेत्रमा कार्यक्रम गरेकोमा आयोजकको सराहना गरेका थिए। उक्त कार्यक्रममा जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको जनप्रतिनिधि , जिल्लाका सरकारी कार्यालय प्रमुखहरु, पालिकाहरुका प्रशासकिय अधिकृतहरुको उपस्थिति रहेको थियो। सोही अवसरमा गौर नगर प्रमुख शम्भु साह र पत्रकार सञ्जय मिश्रा लाई प्रमुख अतिथि फुयाँलले खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए।