निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यबसायी संघ रौतहटको माग

0
124

रौतहट,३० चैत
निमार्ण ब्यबसायी संघ रौतहटले ईन्धनजन्य सामाग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै निमार्ण समाग्रीको तत्काल मुल्य समायोजन गर्न माग गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादबले आज सोमबार एक प्रेस बिज्ञप्ती जारी गदै ईन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै तत्काल निमार्ण समाग्रीको मुल्य समायोजन गर्न माग गरेको हो ।
मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल सगायतका इन्धन सामाग्रीहरुमा पटक पटक भइरेको अत्याधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बरिष्ठ उपाध्यक्ष यादबद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘इन्धनजन्य सामाग्रीहरु सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विटुमिन, सिमेन्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरुमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरुको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ’ ।
क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग थप आकान्त भएको समेत बिज्ञप्तीमा जनाइएको छ ।
ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरुको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैकंको इन्डेक्समा उक्त सामाग्रीहरुको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको निमार्ण ब्यबसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादबले बताउनुभएको छ ।
निर्माण कार्य तिव्र रुपमा हुने समयमै इन्धनका सामग्रीहरु सहित निर्माण सामाग्रीहरुमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीहरुलाई अविलम्ब राहत दिनुपर्ने अध्यक्ष यादबले बताउनुभयो ।
प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थावाट मूल्य समायोजन हुन नसकक्ने हुंदा मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पिडित सबै तह र तप्काका निर्माण व्यवसायीहरुको समस्या तुरुन्त सम्बोधन गर्न समेत अध्यक्ष यादबले माग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here