आर्थिक गणनाको लागी सुपरिवेक्षक र गणकलाई तालिम

0
75

गौर,२९ चैत
आर्थिक गणनाको लागी रौतहटका सुपरिवेक्षक र गणकहरुलाई तालिम दिइएको छ । गत चैत २६ गते बिहीबार देखी रौतहटको गौरमा तालिम शुरु भएको हो ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ राष्ट्रिय आर्थिक गणना २०८२ को लागी रौतहटको गौरमा चैत २६ गते देखी आर्थिक गणनाको लागी गणक र सुपरिवेक्षकको तालिम संचालन भइरहेको जिल्ला आर्थिक गणना अधिकारी सुमन्त कुमार यादबले जानकारी दिनुभएको छ । तालिम चैत ३० गते सम्म संचालन हुनेछ ।
तालिम समापन पछि बैशाख २ गते देखी असार ७ गते सम्म गणक र सुपरिवेक्षक खटिने समेत उहाँले जानकारी दिनुभयो । रौतहटको ब्यपारीक क्षेत्रमा बढि कर्मचारी खटिने समेत यादबले बताउनुभयो ।
तालिममा ५९ जना गणक र ८ जना सुपरिवेक्षक सहभागी रहेको आर्थिक गणना अधिकारी यादबले जानकारी दिनुभएको छ ।
जिल्लाभरी दर्ता भएका नभएका ठुला वा साना,ब्यपार वा प्रतिष्ठान,रोजगारीका हिसाबले धेरैलाइ रोजगारी दिएका वा स्वरोजगार भएको,उद्योग,कल कारखाना,ब्यपार ब्यबसाय,गैर सकारी संस्था,सरकारी संस्थान,सरकारी वा निजि बिद्यालय, अस्पताल आदी आर्थिक क्रियाकलाप गरिरहेका स्थानहरुमा यो गणना गरिने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here