भाेलिदेखि वाड अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

0
199

चन्द्रपुुर – राैतहटकाे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रपुर वडा नम्बर ४ मा रहेको तुलसीलाल स्मृति रङ्गशालामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको चन्द्रपुर ४ का वडा अध्यक्ष रवि राना मगरले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाका १० वटै वडाका फुटबल टिमको सहभागितामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । फुटबलको बिकास र खेलाडीहरु बिच आपसी मित्रता बढाउने उदेश्यले खेलकाे आयोजना गरेको वाड अध्यक्ष रानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here