चन्द्रपुर,१७ फागुन
दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा किसानले चक्काजाम गरेका हुन । दुग्ध उत्पादक सहकारी संघ राैतहटकाे आयोजनामा चक्काजाम गरिएको थियो ।
गत साउन १५ गतेदेखि किसानले दुधकाे पैसा अहिलेसम्म पाउन सकेका छैनन । राैतहटका किसानकाे करिब १० कराेड रकम बाकी भएको राैतहट दुग्ध उत्पादक संघका अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन । संघको केन्द्रीय कार्यक्रम अनुसार चक्काजाम गरेको र यश अघि सिडियाे मार्फत ज्ञापनपत्र बुझाएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।






