चन्द्रपुर,२५ असार
रौतहटको चन्द्रनिगाहपुरमा रहेको नब बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको उपचारमा चन्द्रनिगाहपुरमा रहेका दुई वटा निजी अस्पतालले बिशेष छुट दिने भएको छ । नब बिकाश साकोसका शेयर सदस्यहरुलाइ चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालि र सिम्स अस्पताल प्रालिले उपचारमा छुट दिने सम्झौता भएको हो ।
नव बिकाश साकोसका शेयर सदस्यहरुलाइ सिम्सअस्पतालबाट दिइने ओ.पि.डि. सेवा निःशुल्क,ल्याव,एक्सरे, भिडियो एक्सरेमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट दिईने सम्झौता भएको नव बिकाश साकोसका अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिनुभएको छ । उक्त सम्झौता पत्रमा सिम्स अस्पतालको तर्फबाट अमित साह र नव बिकाश साकोसको तर्फबाट अध्यक्ष तिवारीले हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी नव बिकाश साकोसका सदस्यहरुलाइ चन्द्रपुर अस्पताल प्रालिले पनि उपचारमा बिशेष छुट दिने सम्झौता गरेको छ ।
चन्द्रपुर अस्पतालले ओ.पि.डी. टिकटमा सदस्यहरुलाई १५ प्रतिशत, ल्याव चेकजा“चमा १५ प्रतिशत ,बेडचार्जमा १५ प्रतिशत अपरेशनमा १० प्रतिशत , अक्सिजनमा १५ प्रतिशत, युएसजी,इसिजी,एक्सरे,इकोमा १० प्रतिशत फिजिओथेरापी,प्याथोलोजीमा १५ प्रतिशत , औषधिमा १० प्रतिशत छुट दिनेगरी सम्झौता भएको अध्यक्ष तिवारीले जानकारी दिनुभएको छ । चन्द्रपुर अस्पताल संग भएको सम्झौता पत्रमा अस्पतालका सुचना अधिकारी सरोज चौधरी र संस्थाको तर्फबाट अध्यक्ष तिवारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता गत असार १४ गते भएको थियो भन २०८४ असार १४ गते सम्म रहेको अस्पतालका सुचना अधिकारी चौधरीले जानकारी दिनुभएको छ ।






