चन्द्रनिगाहपुर मुख्यचोकका व्यबसायी त्रसित,इन्टरनेटको तार ब्यबस्थीत गर्न र रुखको टुप्पा काटन आग्रह

0
100

चन्द्रपुर – रौतहटको प्रमुख व्यापारिक केन्द्र चन्द्रनिगाहपुर बजार क्षेत्रका ब्यपारीहरु पोलमा आगलागीको कारण त्रसित छन । केहीदिन यता बिधुतका पोलहरुमा आफै आगो लागीरहेका छन ।। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूद्वारा जथाभावी रूपमा पोलमा टाँगिएका तार र राजमार्गमा लगाइएको रुखको कारण स्थानिय ब्यपारीहरु असुरक्षित भएको महसुस गरिहेका छन । तारहरूले बजार क्षेत्र नै जोखिमपूर्ण बन्दै गएको छ । नगरपालिकासँग कुनै पूर्वस्वीकृति वा सम्झौता नगरी स्वेच्छाचारी ढंगले पोलमा तार विस्तार गरिएको पाइएपछि चन्द्रपुर नगरपालिका यसतर्फ गम्भीर बनेको छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले हालसम्म नेट सेवा कम्पनीहरूले कानुनी प्रक्रिया नअपनाई तार टाँग्ने गरेको पाइएको जानकारी दिएका छन् । उनका अनुसार, “नगरपालिकामा विधिवत रूपमा दर्ता भएर मात्रै नगर क्षेत्रभित्र सेवा विस्तार गर्न पाइन्छ भन्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय कम्पनीहरूले त्यसलाई बेवास्ता गरेका छन्। नगरपालिकाले यसबारे आवश्यक कार्यवाही गर्ने तयारी गरिरहेको छ ।“
नगर क्षेत्रका दर्जनौं इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रयोग गरिरहेका अव्यवस्थित तारका कारण महिनामै दुई–चार पटक पोलमा आगलागीको घटना हुने गरेको छ । यसले बजार क्षेत्रलाई उच्च जोखिममा पारेको छ । इन्टरनेट कम्पनीहरूको मनोमानीले चन्द्रपुरको मुख्य बजार क्षेत्र कुरुप मात्र भएको छैन, जनधनको क्षतिको जोखिम पनि उत्तिकै बढेको स्थानिय ब्यपारी राजन उपाध्यायले गुनासो गर्नुभयो । अझ राजमार्गमा रोपिएको रुख बिरुवाको टुप्पा नकाटिदा झन जोखिम भएको उहाले बताउनु भएको छ । ति बिरुवाको चाडो भन्दा चाडो टुप्पा काटन उहाले सम्बन्धीत निकायलाइ आग्रह गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले समेत इन्टरनेट कम्पनीहरूमाथि असन्तुष्टि जनाएको छ। शाखाका एक अधिकृतका अनुसार, “कतिपय कम्पनीहरूले पोल प्रयोग गरेबापत आवश्यक भाडा समेत नतिरेका छन् । यसले विद्युत प्राधिकरणको काममा अवरोध त पु¥याइरहेको छ नै, जोखिम पनि थपिएको छ ।”
स्थानीय व्यवसायी तथा समाजसेवी राजेन्द्र तिवारीले यस्तो लापरवाहीलाई रोक्न स्थानीय प्रशासनले तत्काल कडा कदम चाल्नुपर्ने माग गरेका छन्। उनले भने, “बजार क्षेत्रमा यत्रतत्र लत्रिएका तारहरू हेर्दा नै डर लाग्दो अवस्था छ । कुनै पनि बेला ठूला दुर्घटना हुन सक्छन्। आगलागीको सम्भावना त सधैँभरि रहन्छ ।”सहरका मुख्य चोकहरू, विद्यालय वरिपरि, अस्पताल र व्यस्त बजार क्षेत्रमा समेत यस्ता तारहरू जथाभावी देखिने गरेका छन्। जाडो र गर्मी दुवै मौसममा तारमा चाप बढ्दा आगलागी हुने सम्भावना बढी हुने प्राविधिकहरूको भनाइ छ । तर पनि कम्पनीहरूले तारहरू व्यवस्थित गर्नेतर्फ चासो नदिएकोमा स्थानीयवासी आक्रोशित छन् ।
यस विषयमा नगरपालिका, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच सहकार्यमा समस्या समाधानको पहल हुनुपर्ने स्थानीय सरोकारवालाहरूको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here