हात्ती अति दुःख दिएपछि जुडिबेलाबासीद्धारा वन कार्यालय घेराउ

0
224

चन्द्रपुर,२९ असार
रौतहट, २९ असार । जंगली हात्तीले अति दुःख दिनथालेपछि रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका स्थानियले आइतबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेका छन । जंगली हात्तीले पटक–पटक घर भत्काउन थालेपछि आक्रोशित स्थानियले डिभिजन वन कार्यालय घेराउ गर्न पुगेका थिए । उनीहरुले हात्ती नियन्त्रण गरेर सुरक्षित स्थानमा सार्नुपर्ने मागसहित कार्यालय घेराउ गरेका हुन् । लामो समय देखी जुडिबेलामा जंगली हात्तीले तहसनहस गदै आइरहेको छ । गत कार्तिक महिना देखी नै जुडिबेलामा हात्ती बस्दै आइरहेको छ ।
केही दिनयता जुडिबेलामा एमगज नामक र अर्को एक जंगली हात्तीले स्थानियको घर भत्काउनुको साथै बालनालीमा क्षति पुराइरहेको बलमपाखीटोलका स्थानिय धन बहादुर श्रेष्ठले बताउनु भयो । अहिले रोपेको धानमा हात्ती बसेर माडिमैदान गरेको श्रेष्ठको गुनासोे छ । हात्तीको कारण स्थानिय नागरिकको ज्यान असुरक्षित रहेको र खानेबाली समेत नष्ट गदा पनि यसको नियन्त्रण तर्फ राज्य उदासिन बनेको उहाको भनाइ छ ।
हात्तीले आफनो घरमा तिन पटक सम्म आक्रमण गरेर भत्काएको अर्का स्थानिय तारजन मगरले बताउनु भएको छ । शनिबार राती मात्रै जुडिबेलामा हात्तीले पाच वटा घर भत्काएको छ । हात्तीले स्थानीय बसिन्दा दिपा बल, दिलबहादुर राई, लाल बाबू मुक्तान र किरण बम्जनको घर हात्तीले भत्काएको उहाले जानकारी दिनुभयो ।
हिजोआज स्थानिय रातभरी हात्ती धपाउनको लागी जागराम बस्ने गरेको स्थानिय बिष्णु कुमरयोगीले बताउनु भयो । कतिखेर कस्को घर भत्काउने हो ठेगान नहुदा स्थानिय युवाहरु हात्ती धपाउनको लागी पालैपालो जागराम बस्ने गरेको कुबरयोगीको भनाइ छ । हात्तीलाइ तुरुन्त स्थानतरण नगर्ने हो भने भोली मानबिय क्षति नहोला भन्न नसकिने उहाले बताउनु भयो । यसकारण पनि हात्ती नियन्त्रण र स्थानतरणको लागी पनि डिभिजन वन कार्यालय घेराउ गर्न आएको कुबरयोगीको भनाइरहेको छ ।
यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले हात्ती नियन्त्रण चुनौतीको बिषय बनेको बताउनु भयो । हात्तीले जुडिबेलामा घर भत्काउने तथा बालीनालीमा ठुलो क्षति पुराइरहेको हुदा यस समस्याको समाधनको लागी बिभिन्न निकायहरु संग समन्वय भइरहेको समेत उहाले बताउनु भयो । कार्तिक यता जुडिबेलामा मात्रै हात्तीले ३ दर्जन भन्दा बढी घर भत्काइसकेको छ । गत कार्तिक महिना देखी नै एमगज नामकको हात्ती सोही गाउमा बस्दै आएको र हिजोआज अन्य हात्तीहरुको हुल समेत आएर घर तथा बालीमा क्षति पुराइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here