क्याम्पसको समग्र बिकाशको लागी नगरपालिका सहयोग गर्न प्रतिबद्ध—नगर प्रमुख काफ्ले

0
117

चन्द्रपुर,२१ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रनिगाहपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसको समग्र बिकाशको लागी चन्द्रपुर नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ । शनिबार क्याम्पसको १३ औँ बार्षिक सभाको उदघाटन गर्नुहुदै नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो । नगर प्रमुख काफलेले शिक्षाको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अन्य शैक्षिक गतिविधिमा नगरपालिकाले अझ सक्रिय भूमिका खेल्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख काफ्लेले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसहरूको योगदान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सभामा सचालक समितिको तर्फ बाट बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष सञ्जय कार्कीले क्याम्पसले क्याम्पस लाई समय सापेक्ष अझै सुधार गर्दै लगिने बताउनु भयो । उहाको प्रतिबेदनमा प्रविधिमैत्री अध्ययन, आबश्यक्ताका आधारमा नयाँ विषय थप गर्ने, पुस्तकालय र प्रयोगशालाको विस्तार गरिदै लगिने रहेको छ । क्याम्पसको शैक्षिक अबस्था, भौतिक अबस्था, आर्थिक अबस्था, संस्थागत बिकास तथा ब्यबस्थापकीय अबस्थाको प्रतिबेदन सार्बजनिक गर्नु भएको छ । यस्तै क्याम्पस प्रम्ुख राजन श्रेष्ठले शैक्षिक सुधारकै कारण क्याम्पसमा भर्ना हुन आउने बिद्यार्थीको संख्या बढदै गएको प्रतिबेदनमा उल्लेख रहेको छ । प्रतिवेदनमा विद्यार्थीको संख्या वृद्धि, परीक्षाफलमा आएको सुधार, विभिन्न शैक्षिक तथा सह–शैक्षिक गतिविधिहरूको प्रगति र आन्तरिक व्यवस्थापनमा भएका उपलब्धिहरू प्रस्तुत गरिएको थियो । आगामी दिनमा शैक्षिक भबनको बाकी कार्यहरु पुरा गर्ने, आईसिटी कक्षाको ब्यबस्था गर्ने, छात्र छात्राहरुको लागि छुटाछुटै पोशाक पहिरन कक्ष बनाउने लगायत उल्लेख रहेको छ । कोषाध्यक्ष चिरन्जिबी गौतमले आय ब्यय बिबरण सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
उहाको प्रतिबेदनमा गत आर्थीक बर्ष ६ करोड ४६ लाख ११ हजार ४ सय ७३ आम्दानी गरेको उल्लेख रहेको छ भने ३ करोड ६४ लाख २८ हजार ७ सय ९८ रुपैया ब्यय भएको बिबरणको प्रतिबेदन प्रस्तत गरिएको छ । सभामा सहभागी सभासद, अभिभावक, शिक्षक र विद्यार्थी प्रतिनिधिहरूले उपश्थिती रहेको थियो । कार्यक्रममा बक्ताहरुले व्यावहारिक शिक्षा, रोजगारीमुखी कार्यक्रम र उच्च शिक्षाको गुणस्तरीयतामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन । कार्यक्रममा क्याम्पसको आगामी योजना पनि सार्वजनिक गरिएको थियो । जसअन्तर्गत स्नातक र स्नातकोत्तर तहका नयाँ विषय सञ्चालन गर्ने, क्याम्पसको भवन र अन्य पूर्वाधार विस्तार गर्ने, सूचना प्रविधि प्रयोगलाई अझ प्रभावकारी बनाउने, र स्थानीय समुदायसँगको सहकार्यलाई बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । १३औँ क्याम्पस सभा सफलतापूर्वक सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ । कार्यक्रममा उपप्राध्यापक दिपक घिमिरे र प्रशासन सहायक आषिश कोईराला लाई सम्मान गरिएको छ भने बिभिन्न बिद्यामा उत्कृष्ट बिद्यार्थीहरु लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपप्राध्यापक दिपक घिमिरे र प्रशासन सहायक आषिश कोईराला लाई सम्मान गरिएको छ भने बिभिन्न बिद्यामा उत्कृष्ट बिद्यार्थीहरु लाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन प्राध्यापक संघका अध्यक्ष दिपक पौडेलले संचालन गर्नु भएको थियो भने संचालक समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । सभामा नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव प्रसाद आचार्य, माओबादी नगर उपाध्यक्ष चेत बोलखे,वाड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी,क्याम्पसका पुर्व अध्यक्ष शशिबिनोद काफ्ले,प्याबसनका केन्द्रिय उपाध्यक्ष दिपक घिमिरे ,जन ज्योति माबिका अध्यक्ष नरेश लामिछाने,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here