जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजनाको सार्वजनिक सुनवाइ सम्पन्न

0
145

रौतहट, ४ चैत । रौतहटको चन्द्रनिगाहपुरमा अक्सफाम नेपाल तथा सहयोग ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” स्थानीय परियोजना सल्लाहकार समितिको बैठक,सार्वजनिक सुनवाइ तथा समाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आरडिसी नेपालका अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक बचु मियाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बैठकमा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जय माला चौधरीले संस्थाले गरेको गतिबिधिको प्रभाबकारी भएको र अझ प्रभाबकारी बनाएर अगाडी बढनुपर्ने सुझाब दिनुभएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका सदस्य कमला ढकाल, चन्द्रपुर नगरपालिका वडाका वडा ३ का वार्ड अध्यक्ष बोधनाथ देबकोटा, वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगर,वार्ड नं. ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,वार्ड नं. ७ का वार्ड अध्यक्ष बिष्णु उप्रेती,वार्ड नं. ८ का वार्ड अध्यक्ष जितेन्द्र चौधरी र वार्ड नं. ९ का वार्ड अध्यक्ष नवराज देबकोटा कार्यपालिका सदस्यहरु, इलाका प्रहरी कार्यालय प्रतिनिधि यज्ञप्रसाद चौलागाईं , इलाका प्रशासन कार्यालय प्रतिनिधि डिभिजन वन कार्यालयकाकी वन अधिकृत महालक्ष्मी शर्मा, चन्द्रपुर नगरपालिकाका शाखा प्रमुखहरू, अक्सफार्म नेपालका प्रतिनिधि विवेक कार्की , फेकोफोनका प्रतिनिधि , ग्रामिण विकास केन्द्र नेपालका सदस्य नर्वदान लामा ,कञ्चन दास लगायतको सहभागिता रहेको थियो ।
बैठकमा संस्थाका कार्यक्रम संयोजक चिरिन्जीबी महतोले चन्द्रपुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर उक्त परियोजनाले संचालन गरिएको गतिबिधि बारे जानकारी गराउनु भएको थियो ।
परियोजनाले समुदायहरूमा जीविकोपार्जन विविधिकरण, सामुदायिक जलवायु अनुकूलन तथा विपत व्यवस्थापन योजना ,सामुदायिक नेतृत्वमा आधारित अनुकूलन योजना निर्माण तथा समावेशी शासन प्रणालीको प्रवद्र्धन गर्दै जलवायु उत्थानशीलता सुदृढ बनाउने लक्ष्य राखेको कार्यक्रम संयोजक महतोले बताउनु भएको छ ।
चन्द्रपुर नगरपालिकामा परियोजनाबाट सहयोग प्राप्त गरेका कृषकहरूको तरकारी खेती, खरबुजा खेती, नर्सरी तथा नदी मा जैविक तटबन्ध निर्माणलगायत गतिविधिको र परियोजनाले वर्षभरि गरेको खर्चलाई सामाजिक लेखा परीक्षण बारे बैठकमा जानकारी गराइएको महतोले बताउनुभयो ।
कार्यक्रमको उदेश्य बारे अक्सफामका प्रतिनिधिहरू माधव राज रेग्मीले प्रकाश पार्नुभएको थियो । बैठकमा बिभिन्न सरोकारवालाहरुले कार्यक्रमलाइ सफल बनाउनको लागी बिभिन्न सुझाब समेत दिनुभएको थियो । संस्थाकी क्षेत्रिय पर्यपेक्षक ज्योति कुमारी फयालले संचालन गर्नुभएको कार्यक्रममा आरडिसी नेपालकी बोर्ड सदस्य नर्मदा लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here