चन्द्रपुर,२१ भदौ
रौतहटको चन्द्रनिगाहपुरमा रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः कृष्ण बहादुर खडका नै निर्वाचित हुनुभएको छ । शनिबार संस्थाको १७ औ बार्षिक साधरण सभाले संस्थाको अध्यक्ष पदमा पुनः खडकालाइ नै निर्वाचित गरेको हो । नव कार्य समितिको उपाध्यक्षमा नारायण नारायण बहादुर न्यौपाने चयन हुनुभएको छ भने सचिबमा जगदिप चौधरी चयन हुनुभएको चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख एवं निर्वाचन समितिका संयोजक शेख नसरे आलमले जानकारी दिनुभएको छ ।
यसैगरी कोषाध्यक्षमा पार्बती खडका चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सुरेन्द्र भट्टराई,रोहित बास्तोला,ङोमा थापा,लिला प्रसाद तिमलसिना र देबराज लामा चयन हुनुभएको निर्वाचन संयोजक आलमले जानकारी दिनुभयो ।
यसैगरी लेखा समितिको संयोजकमा ऋषभ आचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा दुर्गा प्रसाद हुमागाई र रेखा खडका रहनुभएको समेत उहाले जानकारी दिनुभयो ।
उक्त साधरण सभाको उदघाटन गर्नुहुदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सहकारी संस्थाहरुले धेरै नागरिकहरुको आर्थिक उपार्जनमा ठुलो सहयोग गरिरहेको बताउनु भएको छ । नियम र बिधिपुर्वक संचालन भएका सहकारीमा कुनै पनि किसिमको जोखिम नभएको नगर प्रमुख काफ्लेले बताउनु भयो ।
कार्यक्रमको उदघाटन सत्रमा संकल्प साकोसका अध्यक्ष गणेश पौडेल,रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब बहादुर सापकोटा,संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार ठाकुर प्रसाद उपाध्याय लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नब बिकाश साकोसका अध्यक्ष राजेन्द्र तिवारी,स्वस्तीक साकोसका अधयक्ष नरेन्द्र बहादुर राना,चन्द्रोदय साकोसका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारी,मजदुर साकोसका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषभ आचार्यले स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब नारायण न्यौपानेले गर्नुभएको थियो ।
सभाका अध्यक्षको प्रतिबेदन,कोषाध्यक्षको प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन पेश गरिएको थियो ।






