चन्द्रपुर- रौतहटको बृन्दावन नगरपालिकाको वाड नं. ४ को वार्ड कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । हर्दियाटोलमा रहेको सो वार्ड कार्यालयको सोमबार बिहानको राती लगाएको हो । वार्ड भवनको भेन्टिलेसनबाट आफनो कार्यकक्षमा आगजनी गरेको सोही वार्डका वार्ड अध्यक्ष श्यामनन्दन यादबले जानकारी दिनुभएको छ । आगलागीबाट आफनो कार्यकक्षमा रहेको एसि,फर्निचर तथा बिभिन्न कागजपत्र नष्ट भएको वार्ड अध्यक्ष यादबले बताउनु भयो । आगो अर्को कोठामा जान नसकेको कारण अन्य कागजपत्र जोगिएको उहाले बताउनु भयो । आगलागीबाट ४÷५ लाख मुल्य बराबरको क्षति भएको यादबले बताउनु भएको छ । आगो कस्ले लगायो भन्ने अहिले सम्म पत्ता लाग्न नसकेको समेत वार्ड अध्यक्ष यादबले बताउनु भएको छ ।






