अबरुद्ध पुर्व पश्चिम महेन्द्र राजमार्ग संचालनमा

0
131

चन्द्रपुर,२० मंसिर
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रनिगाहपुरमा आज शनिबार दिउसो देखी अबरुद्ध भएको सडक खुलेको छ । हिजो शुक्रबार चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्र्तरगत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तहरुले आज शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अबरुद्ध गरेका थिए ।
हिजो शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र बिपरित दिसाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
बस मालिकले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखे पछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए ।
बृन्दावन नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताउनु भयो ।
बसका चालक अमृतबहादुर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरिक्षक रुपा लाबुङले राजमार्ग खुलाइएको जानकारी दिनुभएको छ । राजमार्ग अबरुद्ध हुदा सयौ सवारी साधनहरु अलपत्र परेका थिए ।
मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय छोरा युवराजको निधारमा चोट लागेको छ । ११ वर्षकी छोरी आकृति पटेलको खुट्टा र टाउकोमा चोट लागेको छ ।
पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here