अपांगता समावेशी नितिहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीसंग अन्र्तरक्रिया

0
58

चन्द्रपुर,१९ मंसिर
रौतहटको चन्द्रनिगाहपुरमा आज शुक्रबार अपांगता समावेशी नितिहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरु संग अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लेब इन्क्लुजन डेनमार्कको सहयोग र बौद्धिक अपांगता अभिभावक संघ रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गर्नुभएको थियो । बौद्धिक अपांगता अभिभावक संघ रौतहटका अध्यक्ष कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्र्तरक्रिया कार्यक्रममा चन्द्रपुर नगरपालिकाका वाडाध्यक्षहरु,सचिबहरु,नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको बौद्धिक अपांगता अभिभावक संघका नबराज घिमिरेले जानकारी दिनुभएको छ । यस्ता किसिमका कार्यक्रमले अपांगता सम्बन्धी निति नियम बनाउन सहयोग पुराउने अध्यक्ष दाहालले बताउनु भयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष बलराम राउत,वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगर,वार्ड नं. ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,वार्ड नं. ७ का वार्ड अध्यक्ष बिष्णु उप्रेती,वार्ड नं. ८ का वार्ड अध्यक्ष जितेन्द्र चौधरी,वार्ड नं. ९ का वार्ड अध्यक्ष नबराज देवकोटा र वार्ड नं. १० का वार्ड अध्यक्ष टंकेश्वर चौधरी,कार्यपालिका सदस्य नेत्र कुश्वार लगायतले आ आफनो धारणा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here