गौर,२७ पुस
राष्ट्रिय एकता दिवशको अबसर पारेर रौतहटको गौरमा रहेको प्रादेशिक अस्पताल गौरले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रादेशिक अस्पताल गौरले आज आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेर राष्ट्रिय एकता दिवश मनाएको हो । बिरामीहरुलाई उपचार गर्नको लागी रगतको अभाब नहोस भनेर रािष्ट्रय एकता दिवशको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अबधेश प्रसाद यादबले जानकारी दिनुभएको छ ।
एउटा उत्सवको अबसर पारेर अस्पतालको आवश्यकतालाइ मध्यनजर गदै रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष यादबले बताउनु भयो ।
उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभएको समेत उहाले जानकारी दिनुभएको छ । रक्तदाताहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।






