चन्द्रपुर,२६ पुस
रौतहट चन्द्रपुर नगरपालिका वार्ड नं. ६ निवासी गितकार बसन्त आचार्यको रचनामा ‘आमाको माया,आमाको दया आमाकै सम्झना’ बोलको गीतको अडियो सार्वजनिक भएको छ । आमाको स्मृतीमा रचना गरिएको यो गित केही दिन अगाडी मात्रै सार्वजनिक गरिएको हो ।
समाजिक सेवाको कार्यमा अग्रसर गितकार आचार्यको यो चौथो रचना हो । उक्त गितमा गायक राम धितालले स्वर दिनुभएको छ भने संगित मनोहर सुनामले दिनुभएको छ । आचार्यले आफ्नी माताको स्मरणमा लेखिएका शब्दहरुलाई भोला पौडेलले रेर्कडिङ गर्नुभएको हो ।
यो नया गित ‘आमाको माया,आमाको दया आमाकै सम्झना’ चाडै नै म्युजिक भिडियो बनाउने गितकार आचार्यले बताउनु भएको छ ।
चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था र चन्द्रपुर एकेडेमीको समेत अध्यक्ष रहनुभएका आचार्यले यस अघि ४ वटा गित रचना गरेर सार्वजनिक गरिसक्नु भएको छ ।
रौतहट बचत संघको सचिब,राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा समन्वय उपसमिति सदस्य,नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय चन्द्रपुर संचालक समिति सदस्य,आकस्मिक रक्तसञ्चार सेवा संयोजक,घोडीदेवी मन्दिर ब्यबस्थापन समिति सल्लाहकार लगायतमा जिम्मेवारी सम्हालेका उनले सबैमा समय मिलाएर आफ्नो जिम्मेवारी पूरा रहनुभएको छ ।
कुनैपनी पद वा जिम्मेवारीमा आफ्नो इच्छाशक्ति भयो भने निभाउन सकिन्छ र जिम्मेवारी लिई सकेपछि कर्तव्य पालना गर्नैपर्छ होइन भने जिम्मेवारीबाट अलग हुनुपर्छ भन्ने धारण राख्ने आचार्यको यो भन्दा पनि अगाडि उनकै शब्द रचनामा लेखिएका शब्दहरु नेपालका प्रसिद्ध गायक तथा संगीतकारबाट सजिएर भिडियो सहित बजारमा आइसकेको छ ।
पहिलेका शब्दहरु रोमान्टिक तथा मायाप्रेमका थिए भने हालको गीत पीडा र वेदना मिसिएर कोरेका शब्दहरू लाई बजारमा ल्याएको उहाले जानकारी दिनुभयो । उहाँको माताको चार महिना अगाडी देहावसान भएको थियो र अहिले उहाँ मात्रृशोकमा हुनुहुन्छ । .
नेपाल गीतकार संघमा सदस्य बन्न कम्तीमा पाँचवटो गित सार्वजनिक गर्नुपर्ने भएको हुदा अब अर्को पनि चाडैं निकालेर संघमा आफ्नो नाम दर्ता गराउने गितकार आचार्यले बताउनु भयो ।
कविता गजल आदि सामाजिक संजालमा बाक्लै हाल्न रुचाउने आचार्य कर्म गर्नुपर्छ तर कर्मको फलको आस गर्नु हुँदैन भन्ने सोच बोकेका, हामीले जस्तो कर्म गर्छौं त्यस्तै फल पाउँछौं र त्यो पनि मृत्युवरण पछि हैन कि जिवितै रहँदा पाइन्छ, देखिन्छ भन्ने तर्क राख्नुहुन्छ ।
सेवाभाव भनेको भित्री मनबाट उत्पन्न हुने हो कसैको करले हुने हैन भन्ने भाब सहित समाज सेवामा सक्रिय आचार्य आफैले् नेतृत्व गरेको चन्द्रपुर—४ मा रहेको चन्द्रोदय सहकारीको नाम गर्बका साथ भन्न रुचाउने आफ्नो पितामाताको आशिर्वाद,हौसला तथा आफ्नी जीवन संगिनीको सहनशीलता नै भएको धारणा राख्नुहुन्छ ।






