सवारी र्दुघटनामा ज्यान गुमाएकाको सम्झनामा राजमार्गमा सवा करोड दिप प्रज्वलन

0
129

चन्द्रपुर,३० पुस
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. २ जुडिबेला चोकमा आज सवारी र्दुघटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सवा करोड दिप प्रज्वलन गरिएको छ । अरिबन्द फाउण्डेशन नेपालको आयोजनामा उक्त दिप प्रज्वलन गरिएको हो ।
राजमार्गमा सवारी सवारी र्दुघटनाबाट ज्यान गुमाउनु भएकाहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गदै सवा एक करोड दिप प्रज्वलन गरेको अरबिन्द फाउण्डेशन नेपालकी उपाध्यक्ष कमला थापाले बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिब प्रदिपराज कडेलले यस्ता किसिमका कार्यले मानिसमा सकरात्मक सोचको बिकाश हुने बताउनु भएको छ । सवारी र्दुघटनामा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गदै पुर्व सहसचिब कडेलले सवारी र्दुघटना न्युनिकरण गर्नको लागी यस्ता किसिमका कार्यले सचेतना समेत गराउने धारणा राख्नुभएको थियो ।
दिप दान कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङ,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापामगर,अरबिन्द फाउण्डेशन नेपालका अध्यक्ष अरबिन्द शास्त्री लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।दिप प्रज्वलन कार्यक्रममा जुडिबेलामा नागरिकहरुको बाक्लो उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here