११ औ राष्ट्रिय योग दिवशको अबसर चन्द्रनिगाहपुरमा प्रभातफेरी

0
209

चन्द्रपुर,१ माघ
स्वास्थ्य समाज समृद्ध नेपाल र विश्व शान्तिको लागी योग भन्ने मुल नाराका साथ आज बिहिबार रौतहटको बिभिन्न स्थानहरुमा ११ औ राष्ट्रिय योग दिवश मनाइएको छ ।
११ औ राष्ट्रिय योग दिवशको अबसर पारेर आज रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक आर्युवेद तथा बैकल्पिक चिकित्सालय रौतहट चन्द्रनिगाहपुरको आयोजनामा रौतहटको चन्द्रपुर—४ चन्द्रनिगाहपुरचोकमा प्रभातफेरी गरेर मनाइएको छ ।
सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यस वर्ष पनि स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर योग दिवस मनाइएको प्रादेशिक आर्युवेद तथा बैकल्पिक चिकित्सालय रौतहट चन्द्रनिगाहपुरका प्रमुख डा.शिव शंकर रायले जानकारी दिनुभएको छ । योग दिवसमा मुख्य कार्यक्रमका रूपमा प्रभातफेरी,अन्तरक्रिया तथा प्रवचन कार्यक्रम संचालन गरेको डा. रायले जानकारी दिनुभयो ।
प्रादेशिक आर्युवेद तथा बैकल्पिक चिकित्सालय रौतहट चन्द्रनिगाहपुरको आयोजनामा भएको प्रभातफेरी कार्यक्रममा जिव बिज्ञान ध्यान योग प्रयोगशाला चन्द्रनिगाहपुर र पतन्जली योग समिति चन्द्रपुरले सहकार्य गरेको थियो । जिव बिज्ञान ध्यान योग प्रयोगशाला चन्द्रनिगाहपुर र पतन्जली योग समिति चन्द्रपुरले बिभिन्न स्थानमा शिबिर चलाउदै आइरहेका छन ।
अहिले चन्द्रनिगाहपुरमा योग गर्नेको संख्या बढदो अबस्थामा रहेको पतन्जली योग समिति चन्द्रपुरका अध्यक्ष अर्जुन तिमलसिनाले जानकारी दिनुभएको छ । योगको माध्यमबाट बिभिन्न रोगहरु समेतको उपचार भएको अबस्थामा अहिले योगको महत्व बढदै गएको उहाले बताउनु भयो ।
यसैबिच ११ औ राष्ट्रिय योग दिवशको अबसरमा गौर नगरपालिकाले पनि बिभिन्न कार्यक्रम गरेर मनाएको छ । गौर नगरपालिका नगर प्रमुख शम्भु साहको सहभागितामा प्रभातफेरी लगायत बिभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
यस्तै दुर्गाभगबती गाउपलिकाकाको आयोजानमा गाउपालिकाको मत्सरीमा बिभिन्न कार्यक्रमको अयोजना गरी योग दिवश मनाइएको छ । योग दिवशको अबसर पारेर योगको महत्व बारे जानकारी गराउने उदेश्यले योगगुरु मार्फत प्रबचन कार्यक्रमको आयोजना गरेको गाउपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here