समाज बिकाशको लागी सबै जनप्रतिनिधि एकजुट हुन जरुरी छ—राष्ट्रिय सभा सदस्य चौधरी

0
130

चन्द्रपुर,१ माघ
राष्ट्रिय सभा सदस्य पुजा चौधरीले ऐतिहासिक माघी पर्व थारु जातीको पहिचान भएको बताउनुभएको छ । आज बिहीबार रौतहटको गुजरा नगरपालिका वार्ड नं. ९ दयालपुरमा आयोजित थारु राष्ट्रिय माघी साँस्कृतिक महोत्सव २६२९ को उदघाटन गर्नुहुदै राष्ट्रिय सभा सदस्य चौधरीले यस्तो बताउनुभएको हो ।
उहाँले माघी पर्व सबैको उत्साहको पर्व भएको हुदा यस किसिमको पर्वले सदभाब कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । यस्ता किसिमको महोत्सवले थारु संस्कृतिको संरक्षण र सम्र्बधन गर्न ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
जनसंख्याको हिसाबले थारु समुदाय चौथो स्थानमा रहेको जानकारी दिनुहुदै उहाले थारु समुदायको समाजिक,आर्थिक बिकाशको लागी सबै एकहुनुपर्ने बताउनुभयो । हामीले कुनै पनि काममा अहमता देखाउन नहुने बताउदै उहाले बिकाशको लागी एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो । थारु समुदायको हक अधिकार र आत्मासम्मानको लागी जुनसुकै त्याग गर्न आफु तत्पर रहेको समेत राष्ट्रिय सभा सदस्य चौधरीले बताउनु भएको छ । कार्यक्रममा उहाँले बिकाश गर्नको लागी सबै तहका जनप्रतिनिधिहरु एक हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभा सदस्य चौधरीले नया थारु संबत २६२९ को अबसरमा सम्पुर्णलाइ शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले माघी पर्वले एक आपसमा सदभाब बढाउने धारणा राख्नुभएको थियो । थारु समुदायले माघी पर्वलाइ एउटा उत्साहको पर्वको रुपमा मनाउदै आएको नगर प्रमुख चौधरीले बताउनु भयो । उहाले यस्ता किसिमका पर्वहरुको संरक्षण र प्रचार प्रसारमा लाग्नुपर्ने समेत बताउनु भएको छ ।
यसैगरी पुर्वमन्त्री गोबिन्द चौधरीले माघी पर्वको आफनै पहिचान भएको हुदा यसको संरक्षणको लागी सबैले आ आफनो तर्फबाट लागि पर्नुपर्ने बताउनुभएको छ ।
थारु समुदायहरुको बिषेश पर्वको रुपमा माघीलाइ लिने गरेको समेत उहाँले बताउनुभएको छ । थारु कल्याण कारिणी सभा रौतहट जिल्ला कार्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा थारु समुदायले माघी पर्वमा प्रयोग गरिने बिभिन्न परिकारहरुको समेत प्रर्दशन गरिएको थियो ।
थारु कल्याण कारिणी सभा रौतहट जिल्ला कार्य समितिका अध्यक्ष जगरनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु कल्याण कारिणी सभाका केन्द्रिय नेताहरुले आ आफनो धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here