रमेश तिमलसिना
रौतहट,७ माघ
आसन्न फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागी रौतहटमा १ सय ४३ जनाले उमेदवारी दर्ता गराएका छन । रौतहटका मुख्य निर्वाचन अधिकृत मनोज कुमार केसीले दिएको जानकारी अनुसार रौतहटको चार वटै क्षेत्रबाट एक सय ४५ जनाले उमेदवारी दिएका छन ।
क्षेत्र नं.१ म ३९ जना,क्षेत्र नं. २ मा २६ जना, क्षेत्र नंं. ३ मा ४१ जना र क्षेत्र नं. ४ मा ३७ जना गरी जम्मा एक सय ४५ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले दिए ।
रौतहटमा नेकपाका सहसंयोजक तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल देखी पत्रकार ऋषि धमलाले मनोनयन दर्ता गरेका छन । पुर्व प्रधानमन्त्री नेपालले रौतहट क्षेत्र नं. १ मा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी दर्ता गराएका हुन । यही क्षेत्रबाट पटकपटक निर्वाचन जितेका नेपालले यस बर्ष पनि उमेदवारी दिएका हुन । सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट अजय कुमार गुप्ताले उमेदवारी दर्ता गराएका छन । माधब कुमार नेपालको ३ पटक सम्म निकतम प्रतिद्धन्दीको रुपमा रहेका गुप्ताले यस बर्ष पनि उमेदवारी दिएका हुन । यसैगरी सोही क्षेत्रमा बिभिन्न मधेशवादी पार्टी हुदै केही महिना अगाडी मात्रै नेपाल सदभावना पार्टी ब्युताएका पुर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं. १ मा मनोनयन पत्र दर्ता गराएका छन । झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालय गएर प्रतिनिधिसभा सदस्य उमेदवारमा मनोनयन दर्ता गराएका हुन । २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका झाले २०७९ को निर्वाचनमा धनुषाको क्षेत्र नंं. ३ बाट निर्वाचन लडेका थिए । झालाइ नेकपा एमालेकी उमेदवार जुली महतोले पराजित गरेकी थिइन । आम मतदाताहरुको भावना र मागको मध्यनजर गदै पुनः रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएको झाले प्रतिक्रिया दिएका छन ।
यस्तै रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् ।उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । यस अघिको निर्वाचनमा पराजित फिरदोसलाई यसपटक पनि कांग्रेसले उम्मेदवार बनाएको हो । त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका उनी किरण साहसँग पराजित भएका थिए ।
यस्तै सोही क्षेत्रबाट २०७९ सालको निर्वाचनमा निर्वाचित किरणकुमार साह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाएपछि साह नेकपा प्रवेश गरेका हुन् । साहलाई नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । नेकपा प्रवेश गरेसँगै साहले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । साह २०७९ को चुनावमा स्वतन्त्र सांसद निर्वाचित भएका थिए । त्यसपछि एमाले प्रवेश गरेका उनी संसदीय समितिको सदस्यसमेत बनेका थिए । सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट महमद अतिउल्लाहले उमेदवारी दिएका छन ।
यता रौतहट क्षेत्र नं. ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफनो प्रतिनिधि मार्फत प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन । पुर्वमन्त्री साहका प्रतिनिधि सियाराम कुशवाहा र नरेश साहले मनोनयन दर्ता गराएको क्षेत्र नं.३ का निर्वाचन अधिकृत अवधकिशोर कुशवाहाले जानकारी दिए । पुर्वमन्त्री साहले बिगतका निर्वाचनहरुमा पनि आफना प्रस्तावक र समर्थक मार्फत आफ्नो मनोनयन दर्ता गराउदै आएका छन ।
२०६४ सालको संबिधान सभाको निर्वाचन देखी पुर्वमन्त्री साहले निरन्तर सोही क्षेत्रबाट निर्वाचित हुदै आईरहेका छन । साहले २०६४ र ०७० सालको संबिधान सभाको निर्वाचनमा नेकपा माओबादी,२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि माओबादी र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले दिएको टिक परित्याग गरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहले उमेदवारी दिएका छन ।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रामजी साहले पनि दलबल सहित आफनो उमेदवारी दर्ता गराएका छन । एमाले पार्टी कार्यालयबाट निस्केको र्याली बजार घुमेर निर्वाचन कार्यालय पुगेको थियो । दलित,गरिब तथा बिपन्न समुदायको आवाज संसदमा पुराउने र संबिधान संसोधनमा समेत आफनो ध्यान केन्द्रित गरेर आफुले उमेदवारी दर्ता गराएको एमालेका उमेदवार रामजी साहले बताएका छन ।
यस्तै सोही क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले पनि आफनो उमेदवारी दर्ता गराएका छन । यस क्षेत्रबाट २ पटक निर्वाचन जितिसक्नुभएका तिमलसिनाको यो चौथो उमेदवारी हो । जनताको भावना अनुसार नै उमेदवारी दर्ता गराएको तिमलसिनाले बताए ।
यसैक्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालमा यही क्षेत्रबाट निर्वाचित संबिधान सभा सदस्य भट्टराईले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पत्रकार ऋषि धमलाले रौतहट क्षेत्र नं. ४ मा उमेदवारी दर्ता गरेका छन । प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट पत्रकार धमलाले प्रतिनिधिसभा सदस्यको लागी आज निर्वाचन अधिकृतको कार्यालय रौतहटमा मनोनयन दर्ता गरेका हुन ।
यसैगरी क्षेत्र नं.४ बाट रास्पपाका उमेदवार गणेश पौडेलले पनि आफनो उमेदवारी दर्ता गराएका छन ।
यसैबिच रौतहटको क्षेत्र नं. ४ मा हिजो जसपाका राजकुमार दास,प्रलोपाका सत्य नारायण भगत,हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिक पार्टीका नबराज अर्याल,जनमतका राम कल्याण साह लगायतले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत उद्धब ढोडारीले जानकारी दिएका छन ।






