चन्द्रनिगाहपुर सिटि जेसिसको सहयोगमा रौतहट ट्राफिकलाइ सडक डिभाइडर हस्तान्तरण

0
126

चन्द्रपुर ९ माघ
रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिसले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरलाई १० वटा रोड डिभाइडर हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिस २०२६ का अध्यक्ष देवराज न्यौपानेले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापा मगरलाई रोड डिभाइडर हस्तान्तरण गर्नुभएको हो। डिभाइडर ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख थापा मगरले पछिल्लो समय विभिन्न आन्दोलनपछि सडकमा रहेका डिभाइडर हटाइएकाले सवारी दुर्घटनाको जोखिम बढेको बताउनुभयो। उहाँले जेसिसद्वारा हस्तान्तरण गरिएका रोड डिभाइडरले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगका लागि चन्द्रनिगाहपुर सिटी जेसिसप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
चन्द्रनिगाहपुर सिटी जेसिसका महासचिव भीमराज अधिकारी (सुशील)ले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोड डिभाइडर हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
यस्तै, नेपाटप अर्गनाइजेसनका प्रतिनिधि युवराज पौडेलले पनि सोही समारोहमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि यस्तै खाले सामाजिक कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम चन्द्रनिगाहपुर सिटी जेसिसका संयोजक जेसी अनिल दाहालको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा जेसिसका पदाधिकारी, ट्राफिक प्रहरीका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here