दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा २ जनाको मृत्यु

0
471

गौर,९ माघ
रौतहटमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान पौने १२ बजे जिल्लाको राजदेबी नगरपालिका वार्ड नं. १ पथराटोलमा दुईवटा मोटरसाइकल ठोकिदा दुबै मोटरसाइकलका चालकको दुर्घटनामा मृत्यु भएको हो ।
गौर पिपरा भित्री सडक खण्डमा गंगापिपराबाट गौर तर्फ आउदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र बिपरित दिशा तर्फबाट जादै गरेको बिआर ३०एएफ २३७० भारतिय नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउपालिका वार्ड नंं.२ पिपरा बजारका ३० बर्षिय अशोक महतो र बिआर ३० एएफ २३७० भारतिय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका वार्ड नं.२ हजमिनियाका राजेन्द्र महतोको २९ बर्षिय छोरा अरबिन्द महतो रहेको प्रहरी नायब उपरिक्षक बस्यालले जानकारी दिनुभएको छ ।
उक्त घटनाको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक बिश्वनाथ यादबको नेतृत्वमा गएको टोलीले अनुसन्धान गरिरहेको समेत उहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here