रौतहट क्षेत्र नं. ४ मा एमालेको १ हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटि सहित बिभिन्न उपसमिति गठन

0
241

चन्द्रपुर,९ माघ
नेकपा एमालेले रौतहट क्षेत्र नं. ४ मा १ हजार एक सदस्यी निर्वाचन परिचालन कमिटि गठन गरेको छ । पार्टीको चन्द्रनिगाहपुर कार्यालयमा बसेको क्षेत्रिय कमिटिको बैठकले निर्वाचन प्रचार प्रसारलाइ प्रभाबकारी बनाउनको लागी एक हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
बैठकले पार्टीका केन्द्रिय सदस्य आरती भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेका छ । कमिटिको उप संयोजकमा निर्वतमान प्रतिनिधि सभा सदस्य बिना साह रहनुभएको छ भने सचिबमा पार्टीका जिल्ला कमिटि सचिब बाबुराम दाहाल रहनुभएको छ । यस्तै सहसचिबमा पार्टीका क्षेत्र नं. ४ का क्षेत्रिय संयोजक लोकनाथ पहाडी रहनुभएको छ ।
कमिटिको सदस्यहरुमा क्षेत्रभित्र रहनुभएका प्रदेश कमिटिका सदस्यहरु,जिल्ला कमिटिका सदस्यहरु,क्षेत्रिय समन्वय समितिका सदस्यहरु,नगर कमिटका सदस्यहरु,वार्ड कमिटिका सदस्यहरु,बिभिन्न भातृ संगठनका सदस्यहरु रहेको प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिनुभएको छ ।
बैठकले ५ सदस्यीय निर्देशन तथा अनुगमन समिति समेत गठन गरेको छ । समितिको संयोजकमा पार्टीका निर्बतमान केन्द्रिय सदस्य उद्धब रेग्मी रहनुभएको छ भने सदस्यहरुमा बिर बहादुर गोले,खडग बहादुर तामाङ,बैधनाथ सहनी र प्रेमशंकर यादब रहनुभएको छ ।
यसैगरी बैठकले यस क्षेत्र भित्र पर्ने नगर कमिटिको भेला समेत गर्ने निर्णय गरेको छ । माघ ८ गते गरुडा नगर कमिटिको भेला गरिसकेको,१० गते बृन्दावन नगर कमिटि,११ गते चन्द्रपुर नगर कमिटि र १२ गते गढीमाइ नगर कमिटिको भेला सक्रियताको साथ गर्ने समेत निर्णय भएको चौतारी अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
कार्यालय ब्यबस्थापन तर्फ अमर आले संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा चिरन्जीबी गौतम,रुपेन्द्र पटेल,राम बहादुर घलान लगायत रहनुभएको छ । यस्तै महिला बिभाग समितिको संयोजकमा बिना साह र उप संयोजकमा मुना लामिछाने रहनुभएको छ ।
त्यस्तै युवा समितिको संयोजकमा बाबुराम दाहाल,युथफोर्स परिचालन समितिको संयोजकमा रमेश गोले र प्रचार प्रसार समितिको संयोजकमा अशोक कुमार पहाडी रहनुभएको छ ।
पार्टीका रौतहट क्षेत्र नंं ४ का क्षेत्रिय समन्वय समितिका संयोजक लोकनाथ पहाडीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय सदस्य आरती भण्डारी,निर्बतमान केन्द्रिय सदस्य उद्धब रेग्मी,रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उमेदवार रामजी साह लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here