चन्द्रपुर नगरपालिकाको भवन पुनः निमार्णको लागी पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राबिधिक टोलीद्धारा अनुगमन

0
187

चन्द्रपुर,९ माघ
भदौ २४ गते जेन्जी आन्दोलनबाट ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनः निमार्णको लागी प्राबिधिक कार्य शुरु भएको छ ।
आज शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरबाट आएको प्राबिधिक टोलीले उक्त भवनको अबस्थाबारे अध्ययन गरेर गएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सह प्रध्यापक डा.क्षितिज चरण श्रेष्ठ, उप प्रध्यापक ई.अरुण पौडेल,ई.कबिन लामिछाने र ई.अरुन सुबेदीले क्षतिग्रस्त भवनको अवलोकन गर्नुभएको थियो ।
भवनको अवलोकन गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका ई.अरुण पौडेलले आगलागी भएको भवनको कंक्रिट,माटो तथा खरानी बिभिन्न प्रबिधिबाट परिक्षण गरिने त्यसपछि मात्रै भवन पुनः मर्मत तथा पुनः निमार्ण गर्न सकिने बताउनु भएको छ ।
भवनको कंक्रिट,माटो तथा खरानी परिक्षणको लागी लगिने समेत उहाले बताउनुभयो । परिक्षण गर्न लगेको ८÷१० दिन पछि मात्रै यसको रिर्पोट आउने उहाले जानकारी दिनुभयो ।आगलागीबाट भवन,सवारी साधन तथा बिभिन उपकरण सहित करिब ७ करोड बराबरको क्षति भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख संजय कुमार काफ्लेले बताउनु भएको छ । जेन्जी आन्दोलनले चन्द्रपुर नगरपालिकालाइ ठुलो क्षति पुगेको र यसरी राज्यको सम्पती जलाउनु एकदमै दुखद पक्ष भएको समेत नगर प्रमुख काफ्लेले बताउनुभयो । आगलागीबाट उक्त प्रशासनिक भवनको भुइतल्ला र दोश्रो तल्ला पुर्ण क्षति भएको छ भने तेश्रो र चौथो तल्ला भने आंशिक क्षति पुगेको छ ।
हाम्रो आग्रह अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरबाट प्राबिधिक टोली आएको र उहाँहरुको सल्लाह अनुसार नै चाडो भन्दा चाडो भवन निमार्ण वा पुनः निमार्णको लागी अगाडी बढिने नगर प्रमुख काफ्लेले बताउनुभयो ।
भवन अभाबमा अहिले नगरपालिकाको कामकाज नै प्रभाबित बनेको नगर प्रमुख काफ्लेले बताउनुभयो । भवन ध्वस्त भएपछि अहिले नगरपालिकाको कामकाज भाडाको घरबाट भइरहेको छ । गत भदौ २४ गते जेन्जी आन्दोलनबाट चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,डिभिजन वन कार्यालय तथा कार्यालय प्रमुख आवास भवन,डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भवन पुर्णरुपमा जलाइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here