मतदाताहरुको माया पाइरहेको छु—एमाले उमेदवार साह

0
391

चन्द्रपुर,१० माघ
रौतहट क्षेत्र नं. ४ नेकपा एमालेका प्रतिनिधिसभा उमेदवार रामजी साहले आफना मतदाताहरुलाइ भेटघाट कार्यलाइ तिब्रता दिनुभएको छ । साहले क्षेत्र नं. ४ को बिभिन्न गाउटोलमा पुगेर मतदाताहरु संग भेटघाट गरिरहनुभएको हो । उमेदवार साहले शुक्रबार गरुडाका बिभिन्न गाउहरु,समनपुर,जुडिबेला लगायतका गाउहरुमा मतदाताहरु संग भेटघाट गर्नुभएको छ । अहिले मतदाताहरुको गुनासो सुन्ने र मतदाताहरुको भाबना र सल्लाह अनुसार नै अगाडी बढिरहेको उमेदवार साहले बताउनुभयो । गाउगाउका नेता तथा कार्यकर्ताहरुले बोलाइरहेको र सोही अनुसार अहिले प्रारम्भीक चरणमा भेटघाट गरिरहेको समेत साहले बताउनुभयो । भेटघाटमा मतदाताहरुले दिएको हौसलाले अझ जिम्मेबार बनाइरहेको समेत उहाँको भनाइ रहेको छ । जनता नै जर्नादन हुन उहाँहरुको माया अझ बढिरहेको पाएको उमेदवार साहले बताउनुभएको छ । बदलिदो परिस्थीती अनुसार नै पार्टीले आफुलाई उमेदवार बनाएको हुदा परिस्थीती अनुसार आफु चल्ने समेत उहाको भनाइ रहेको छ । रौतहट क्षेत्र नं. ४ मा एमालेको तर्फबाट रामजी साह,कांग्रेसबाट देब प्रसाद तिमलसिना,नेकपाबाट रामकुमार भट्टराई लगायतले उमेदवारी दर्ता गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here