चन्द्रपुर,१६ माघ
आसन्न फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहटको क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा उमेदवार रामजी साहले जनताको आधारभुत समस्याको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. १ को जरुवामा मतदाताहरु संग भेटदै यस्तो बताउनु भएको हो ।
मतदाताहरुलाइ भेटने कार्यक्रम अनुसार एमालेका उमेदवार साहले जरुवा गाउ एकदमै बिकट भएको र यहाका जनताहरुको आधारभुत आवश्यकता समेत पुरा नभएको बताउनु भयो ।
चुरेक्षेत्रमा पर्ने जरुवा गाउका स्थानिय ७५ बर्षिय मानबिर पाख्रीनले गाउमा खानेपानी ब्यबस्था र बिद्यालय संचालनको लागी उमेदवार रामजी साहसंग माग गर्नुभयो ।
स साना बालबालिकाहरुलाइ देखाउदै पाख्रिनले यी बालबालिकाहरुले पढने बिद्यालय नहुदा भबिष्य अन्यौल भएको समेत गुनासो गर्नुभयो । चुनाबको बेलामा आउने उमेदवारहरुले आश्वासन मात्रै दिने गरेको जितेर गएपछि नफर्किने गरेको समेत पाख्रिनको भनाइ छ ।
सोही गाउका अर्का युवा बादल लो तामाङले खानेपानीको लागी तत्तकाल पाइप झार्न समेत उमेदवार साहलाइ आग्रह गर्नुभयो ।
सो गाउका दुध बहादुर पहरी,सबिन लामा,प्रमिला पाख्रिन,पंचमाया लामा लगायतको एउटै माग थियो ,बिद्यालय स्थापना,खानेपानीको ब्यबस्था र सिचाइको ब्यबस्था । मतदाताहरुको प्रश्नको उत्तर दिदै उमेदवार साहले म निर्वाचन जितेपनि हारेपनि जनताको अत्यवश्यक माग पुरा गर्न सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको थियो ।मतदाताहरुले आफनो गाउको आधारभुत आवश्यकता अन्र्तरगत शिक्षा,स्वास्थ्य,खानेपानी तथा सिचाइको आधारभुत माग राख्ने गरेको उहाले बताउनुभयो । रौतहट ४ मा कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिना,नेकपाका उमेदवार रामकुमार भट्टराई,रास्वपाका उमेदवार गणेश पौडेल,आजपाका उमेदवार ऋषि धमला,जसपाका उमेदवार राजकुमार दास लगायतले मतदाताहरुलाइ भेटने क्रम जारी राखेका छन ।
यस क्षेत्रमा पुरुष ५८ हजार ८ सय ३६ र महिला ५१ हजार ४ सय ७८ जना सहित एक लाख १० हजार ३ सय १४ जना मतदाता छन । यस क्षेत्रमा चन्द्रपुर,बृन्दावन,गढीमाइको र गरुडा नगरपालिकाको ३० वटा वार्डहरु पर्दछन भने ६१ वटा मतदानस्थल र १ सय ३४ वटा मतदान केन्द्र रहेका छन ।
Home मुख्य समाचार जरुवा पुगेर एमाले उमेदवार साहले भन्नुभयो—‘जनताको आधारभुत आवश्यकताको लागी पहल गर्छु’






