पत्रकार स्व.फणि महत स्मृती पत्रकारिता पुरस्कारको लागी कोष स्थापना

0
235

चन्द्रपुर,१४ माघ
प्रेस चौतारी नेपाल रौतहट शाखाको आज बुधबार बसेको बैठकले स्व.फणि महत स्मृती पत्रकारिता पुरस्कारको लागी कोष स्थापना गर्ने निर्णय गरेको छ । शाखाको आज चन्द्रनिगाहपुरमा सम्पन्न बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कोष स्थापनाको लागी नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. ४ का उमेदवार रामजी साहले २५ हजार सहयोग गर्ने उदघोष गर्नुभएको छ । उक्त कोषमा प्रेस चौतारी नेपाल मधेश प्रदेशका इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युत पौडेलले पनि नगद ५ हजार सहयोग गर्ने उदघोष गर्नुभएको थियो ।
कोषबाट हरेक बर्ष प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसर पारेर रौतहटका एकजना क्रियाशिल पत्रकारलाइ नगद २५ हजार सहित सम्मान गरिने निर्णय भएको प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिनुभएको छ ।
प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष समेत रहनुभएका स्व. पत्रकार महतको रौतहटको पत्रकारिता क्षेत्रमा अतुलनिय योगदान रहेको स्मरण गदै उहाँको स्मृतीमा कोष स्थापना गरेर रौतहटका क्रियाशिल पत्रकारलाइ उक्त रकम सहित सम्मान गर्ने अध्यक्ष पहाडीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले स्व.महतको पत्रकारिता क्षेत्रको बिकाशको लागी पुराउनु भएको योगदान अतुलनिय रहेको बताउनु भएको छ । पौडेलले आउदो फागुण २१ गतेको निर्वाचनमा प्रेस चौतारी नेपालका साथीहरु एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । यसैगरी कार्यक्रमका अतिथि एवं रौतहट क्षेत्र नं. ४ नेकपा एमाले उमेदवार रामजी साहले प्रेस चौतारीका साथीहरुको साथ र सहयोग एकदमै जरुरी भएको बताउनु भयो । हामीले गरेका गतिबिधिहरु जनता माझ पुराउने निकाय भनेकै पत्रकार नै भएको हुदा गम्भीर भएर साथ सहयोग गर्न उमेदवार साहले आग्रह गर्नुभएको छ । यसैगरी नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य उद्धब रेग्मीले एमालेका उमेदवारहरुलाइ जिताउनको लागी चौतारीका साथिहरु सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य बालबिक्रम कार्की, एमाले नेता अखिलेश चौधरी,जिल्ला कमिटि सचिब बाबुराम दाहाल लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रेमचन्द्र झा,उत्तम कुमार उपाध्याय,रमेश तिमलसिना,इन्दिप कोइराला,प्रदेश उपाध्यक्ष गौतम श्रेष्ठ लगायतले आ आफनो धारणा राख्नुभएको थियो । बैठकमा जिल्ला कमिटि उपाध्यक्ष कृष्णा तिवारी,मन्जु मान्नधर,सचिब मुकेश साह,कोषाध्यक्ष अशोक यादब,सहसचिब रुपेश यादब र दिपेन्द्र रजक,सदस्य दिपेन्द्र मिश्र लगायतले आ आफनो क्षेत्र तथा भुगोलको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकले रौतहटका ४ वटै निर्वाचन क्षेत्रका नेकपा एमालेका उमेदवारहरुलाइ जिताउनको लागी कार्य बिभाजनको निर्णय समेत गरेको अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।
आजै प्रेस चौतारी नेपाल सर्लाही शाखाको पनि बैठक सम्पन्न भएको छ । सर्लाहीको हरिवनमा सम्पन्न बैठकले नेकपा एमालेका उमेदवारहरुलाइ जिताउनको लागी कार्य बिभाजन गरेको शाखाका अध्यक्ष अच्युतम सापकोटाले बताउनु भयो । बैठक चौतारीका मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्धय रमेश तिमलसिना,इन्दिप कोइराला,पार्टीका नेता,चौतारीका कार्यसमिति सदस्यहरु लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here