चन्द्रपुर,१९ माघ
निर्वाचन आयोगले समानुपातिको बन्द सुचीबाट रौतहटका ४ जना उमेदवारको नाम हटाएको छ ।
निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार रौतहटबाट कर्जा सुचना केन्द्रको कालोसुचीमा रहेका २ जना र अन्य कारणले २ जना गरी बिभिन्न पार्टीको ४ जनाको नाम समानुपातिक बन्द सुचीबाट हटाएको हो ।
निर्वाचन आयोगको सुचना अनुसार रौतहटको गुजरा नगरपालिका वार्ड नं. ८ का जनमत पार्टीको तर्फबाट समानुपातिक तर्फ उमेदवारी दिएका मो. असदुल्लाह र गरुडा नगरपालिका वार्ड नं. २ की नेपाल जनता पार्टीबाट उमेदवारी दिएकी प्रतिमा देबी यादबको कर्जा सुचना केन्द्रमा कालोसुचीमा नाम रहेको भन्दै बन्दसुचीबाट नाम हटाएको छ ।
यसैगरी माधब नारायण नगरपालिका वार्ड नं. ४ का नेपाल मजदुर पार्टीबाट उमेदवारी दिएका सुनर मुखिया बिनको भने महिला उमेदवार पेश हुनुपर्नेमा पुरुष उमेदवार भएको भन्दै समानुपातिक सुचिबाट नाम हटाएको सो सुचनामा उल्लेख गरिएको छ ।
यस्तै राजदेबी नगरपालिका वार्ड नं. ९ का नेपाल सदभाबना पार्टीबाट उमेदवारी दर्ता गराएका शम्भु कुमर सिंहको भने निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेको भन्दै बन्द सुचीबाट नाम हटाइएको जारी सुचनामा लेखिएको छ ।
निर्वाचन आयोगले देशभरीबाट समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको हो ।
Home मुख्य समाचार कर्जां सुचना केन्द्रको कालोसुचीमा परेका २ जना सहित समानुपातिक बन्दसुचीबाट रौतहटका ४...






