रौतहट,१९ माघ
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको लागी नेकपा एमालेका उमेदवार रामजी साहले मतदाताहरुसंग भेटघाट कार्य जारी राखेका छन । सोमबार उमेदवार साहले गरुडाको जिगडिया र बिर्ताचोकका मतदाताहरुसंग भेटघाट गरेका थिए ।
भेटमा मतदाताहरुले हौसला प्रदान गरेको उमेदवार साहले बताएका छन । मतदताहरुको हौसला एकदमै बढेको छ र यो निर्वाचनमा नेकपा एमाले बिजयी हुने साहले बताए । भेटघाट कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य सदरे आलमले बिर्ताका मतदाताहरु नेकपा एमालेका उमेदवार जिताउन उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । मतदाता भेटघाट कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य आरती भण्डारी,पुर्व केन्द्रिय सदस्य उद्धब रेग्मी,अगुवा नेता अखिलेश चौधरी,खडग बहादुर तामाङग,शेख कलिमुल्लाह,जिल्ला सचिब बाबुराम दाहाल,प्रचार प्रमुख अशोक पहाडी,गरुडा नगर कमिटि अध्यक्ष अन्जनी साह लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।






