एमालेका उमेदवार जिताउन रिटर्नी फेडेरेसनद्धारा मधेशमा २ सय ५१ जना निर्वाचन परिचालन कमिटि गठन

0
247

रौतहट,२४ माघ
नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेशले केन्द्रीय महासचिव खेम बहादुर कार्की संयोजक र प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठ सह–संयोजक रहेको २५१ सदस्यीय मधेश प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नेकपा एमालेको पार्टी कार्यलय लालबन्दीमा आज आयोजित संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन अभियान अन्तर्गत उक्त कमिटी गठन गरिएको हो।
प्रदेशस्तरीय निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कमिटी गठन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय महासचिव खेम बहादुर कार्कीले आगामी निर्वाचनमा संगठनको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले विदेशबाट फर्किएका नेपालीहरूको हकहित, संगठन सुदृढीकरण र निर्वाचनमा सक्रिय सहभागिताका लागि फेडेरेसन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
मधेश प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठले प्रदेशभर संगठनलाई एकताबद्ध र क्रियाशील बनाउँदै निर्वाचन अभियानलाई सफल बनाउने जिम्मेवारी कमिटीले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतासमक्ष पुर्‍याउन निर्वाचन परिचालन कमिटीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
आजै निर्वाचन परिचालन अभियान अन्तर्गत मधेश जिल्लाको निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ। यसले जिल्लास्तरमा संगठन विस्तार र निर्वाचन गतिविधि सञ्चालनमा थप गति दिने अपेक्षा गरिएको छ।
प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा फेडेरेसनका केन्द्रीय महासचिव खेम कार्की सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा उप–महासचिव नवराज श्रेष्ठ, सचिवालय सदस्यहरू सुभेच्छा मेवांगवो, बलराम बस्नेत लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार मनोज कुमार सापकोटाले कार्यक्रममा नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी सफलतापूर्वक वहन गर्न आग्रह गर्दै मधेस प्रदेशभरि नै सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन यस कमिटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संगठनलाई अझ सबल र प्रभावकारी बनाउँदै निर्वाचन अभियानलाई सफल पार्न सबै एक ठाउँ उभिनुपर्ने र विदेशबाट आएर पनि देशका लागि काम गरेको रिटर्नी फेडरेसनको प्रशंसा गर्नुभयो।
यसैबिच बैठकले बारामा १५१, रौंतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, धनुषा ,मा १०१ सदस्यीय र पर्सामा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको रिटर्नीका केन्द्रीय महासचिब खेम कार्कीले जानकारी दिनुभएको छ । सप्तरी जिल्लाको संयोजकमा प्रतिमा देव र सहसंयोजकमा जिल्ला अध्यक्ष एदुनन्दन यादव ,धनुषा जिल्लाको संयोजकमा प्रदेश सदस्य चन्द्रदिप ठाकुर,सिराहा जिल्लाको संयोजकमा जिल्ला अध्यक्ष जितेन्द्र साफी र सहसंयोजकमा देवनाथ यादव रहनुभएको महासचिब कार्कीले जानकारी दिनुभयो । यसैगरी महोत्तरी जिल्लाको संयोजकमा केन्द्रिय सदस्य प्रतिमा विक र सहसंयोजकमा जिल्ला अध्यक्ष सुसील कुमार यादव,सर्लाही जिल्लाको संयोजकमा दर्शन प्याकुरेल र सहसंयोजकमा जिल्ला उपाध्यक्ष उमेश आले रहनुभएको छ । यसैगरी रौतहट जिल्लाको संयोजकमा नवराज बिष्ट,बारा जिल्लाको संयोजकमा गोकुल तिमलसिना र सह संयोजकमा आशाकाजी श्रेष्ठ र पर्सा ज्लिालको संयोजकमा सूर्यबहादुर पहरी र सहसंयोजकमा बालकृष्ण अर्याल, रहनुभएको महासचिब कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here