मंसुरको नेतृत्वमा धमौराको सिंगो गाउँनै एमालेमा प्रवेश

0
279

रौतहट,२८ माघ
रौतहटको बृन्दावन नगरपालिकाको एउटा सिंगो गाउँ नै नेकपा एमालेमा प्रदेश गरेका छन । बृन्दावन नगरपालिका वार्ड नंंं. ७ को धमौरा मजिदटोलका सम्पुर्ण नागरिकहरु बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । स्थानिय युवा नेता सहयुद्ध मंसुरको नेतृत्वमा सिंगो गाउनै नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका रौतहट जिल्ला कमिटि सचिब बाबुराम दाहालले जानकारी दिनुभएको छ ।
स्थानिय नेतृत्वको सक्रियतामा सो गाउका सयौ जना नागरिकहरु नेकपा,नेपाली कांग्रेस लगायतको पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
एमाले प्रवेश गर्नेहरुमा नुर महमद,भोला मंसुर,सदरी मंसुर,भोला मिया,नुर महमद देवान,फुल महमद मंसुर,सहाबुदिन मंसुर,पुरुन मंसुर,आस महमद,फिरोज मंसुरी, रुस्तम साई,सलि महमद,जबिउदा,करमुल्लाह,इन्ताजुल मिया,असिन मिया,मेधु मिया,नुरसैद मंसुर लगायतकाहरु एमालेमा प्रवेश गरेको सचिब दाहालले जानकारी दिनुभयो ।
नव प्रवेशीहरुलाइ नेकपा एमालेकी केन्द्रिय सदस्य आरती भण्डारी,नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य उद्धब रेग्मी,रौतहट क्षेत्र नं. ४ का उमेदवार रामजी साह लगायतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा एमाले उमेदवार रामजी साहले एमालेमा जनलहर बढिरहेको र जितलाइ कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । एमाले प्रवेश गर्नेको लर्को लागिरहेको समेत उहाले जानकारी दिनुभयो । मतदाताहरुसंगको भेटघाटमा आफुले हौसला पाएको र एकपटक जनताको सेवा गर्ने अबसर दिनेमा आफु बिस्वस्त रहेको समेत उमेदवार साहले बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य आरती भण्डारीले एमाले सर्वहाराको पार्टी भएको बताउनुभयो । जनताको जन जनमा र मन मनमा एमाले रहेको केन्द्रिय सदस्य भण्डारीको भनाइ रहेको थियो ।
सो कार्यक्रममा निर्बतमा केन्द्रिय सदस्य उद्धब रेग्मी,जिल्ला सचिब बाबुराम दाहाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य बिर बहादुर गोले,बाल बिक्रम कार्की,जिल्ला कमिटि सदस्य तथा रौतहट क्षेत्र नं. ४ का क्षेत्रिय संयोजक लोकनाथ पहाडी,जिल्ला सदस्य सदरे आलम एमाले नेता शेख कलिमुल्लाह,निर्बतमान प्रतिनिधि सभा सदस्य बिना साह,पार्टीका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य,गरुडा नगर कमिटि अध्यक्ष अन्जनी साह लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here