चन्द्रपुर,२९ माघ
गत भदौ २४ गते जेन्जी आन्दोलनमा काठमाण्डौबाट भागेका एक जना कैदी रौतहटमा पक्राउ परेका छन ।
काठमाण्डौको जगन्नाथदेवल कारागारबाट भागेका कैदीलाइ हिजो राती शसस्त्र प्रहरी सुरक्षा वेस सन्तपुरको टोलीले पक्राउ गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ ठाडाटोल बस्ने अन्दाजी २७ बर्षिय सागर खाती विश्वकर्मालाइ पक्राउ गरिएको शसस्त्र प्रहरी सुरक्षा वेस सन्तपुरका शसस्त्र प्रहरी नायब उपरिक्षक विश्व जिसीले जानकारी दिएका छन ।
लागुऔषध मुद्दामा सजाय भोगिरहेका बिवश्कर्मा जगन्नाथदेवल कारागार काठमाण्डौबाट फरार रहेका थिए । पक्राउ परेका विश्वकर्मालाइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाइ बुझाएको जिसीले बताए ।






