चन्द्रपुर,२९ माघ
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. २ जुडिबेला स्थीत नमुना सामुदायिक वन उपभोक्ता समुहले घाटगद्दी गरेर राखेको सालको काठमा आगलागी भएको छ ।
बिहीबार दिउसो देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट १० हजार क्युफिट भन्दा बढी सालको काठ नष्ट भएको हुनसक्ने पौराइ जुडिबेला सव डिभिजन कार्यालयका प्रमुख वन अधिकृत बाल किशोर सिंहले बताए ।
नमुना सामुदायिक वनको यस घाटगद्दीमा ३० हजार क्युफिट भन्दा बढी काठ रहेको वन अधिकृत सिंहले जानकारी दिएका छन ।
आगो गोठालाले लगाएको वन अधिकृत सिंहको अनुमान छ ।
आगो नियन्त्रणको लागी डिभिजन वन कार्यालय तथा बिभिन्न निकायमा खबर गरेको सो सामुदायिक वन उपभोक्ता समुहकी सचिब ललिता चौधरीेले बताइन ।
आगो निभाउनको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको टंयाङकर पठाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमँन्त प्रसाद साहले जानकारी दिए ।
बिगत ७ बर्ष भन्दा बढी देखी उक्त सामुदायिक वनले काठ सो क्षेत्रमा राखेको थियो ।
कानुनी झन्झट तथा सामुदायिक वनका पदाधिकारीको गैर जिम्मेवारपनको कारण उक्त काठ बिक्री बितरण हुनसकेको थिएन ।
आगलागीबाट खासगरी सालका काठहरु जलेर नष्ठ भएका छन । तिन बर्ष अगाडी पनि यसैगरी आगलागी हुदा सयौ क्युफिट काठ नष्ट भएको थियो ।






